विश्व क्यान्सर दिवस मनाइँदै

२०८२ माघ २२ गते, बुधबार


काठमाडौँ । आज फ्रेबअरी ४ तारिख अर्थात् विश्व क्यान्सर दिवस। हरेक वर्ष फ्रेबअरी ४ तारिखका दिन क्यान्सारका बारेमा सचेतना जगाउने कार्यक्रमहरु गरी दिवस मनाइन्छ। नेपालमा पनि क्यान्सर रोगीको संख्या बढिरहेका बेला चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ।
क्यन्सर रोग निबारणका लागि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन्। नेपाल अर्वुद रोग निवारण संस्थाको अगुवाईमा अहिले बिहान काठमाडौंको भृकुटीमण्डपबाट सचेतना र्याली निकालिदैछ।
विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ। नेपालमा हरेक दिन ४० जनाको क्यान्सरबाट मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वर्षेनि २६ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्। मन्त्रालयका अनुसार नेपालमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर हुने गरेको छ। यस्तै दोस्रोमा पाठेघरको मुख, तेस्रोमा स्तन, चौथो पेट, पाचौंमा ठुलो आन्द्रा, छैटौंमा मुखको क्यान्सर र सातौंमा रगतको क्यान्सर रहेको छ।
खानपानमा ध्यान पु¥याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु