मान्छेको मुटु खाने मान्छे
काठमाडौँ । रसियाका एक व्यक्तिले आफूले दर्ुइ जना मानिसको मुटु खाएको बताएका छन् । रुसको पेञ्जा निवासी अलेक्जेण्डर बाइकोभले ९ जन मानिसको हत्या गरेको र तीमध्ये दुइ जनाको मुटु खाएको बताइएको छ । उनले यसरी हत्या गरेर मान्छेको मासु खाँदा आफूमा आत्मविश्वास बढेको बताएका छन् । आफ्नी गर्लपेन्डले आफूलाई संकोची र लजालु भन्ने गरेकोले उनले हत्या गर्न थालेको बताएका थिए । आफूलाई र्याम्बो भएको बताउने उनले सन् २००९ देखि २०११ भित्र ९ जनाको हत्या गरेका थिए भने विभिन्न सुपरमार्केट तथा स्थानीय पसलहरूमा पनि चोरी गर्ने गरेका थिए । उनले मारेका सबै व्यक्तिहरू गरिब र घरबारबिहीन भएको बताइएको छ । एलेक्जेनन्डरले उनीहरूको जीवनशैली आफूलाई मन नपरेको भन्दै हत्या गरेको बताएका छन् । उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ । अलेक्जेन्डरले आपराधिक उपन्यास पढ्ने र क्राइम च्यानलहरू हेने गरेका थिए । उनले हत्या गरेका प्रत्येक व्यक्तिको बारेमा विस्तृत विवरण आफ्नो डायरीमा लेखेको भेटिएको छ । उनको घरमा भेटिएको डायरीको अनुसार उनले एघार जनाको हत्या गरेको जनाइएको छ तर त्यसमध्ये दुइजनाको पुष्टि भएको छैन । – एजेन्सी