मानिस सुत्ने गुँड

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ । क्यालिफोर्नियाका कलाकार जेसन फेनले मानिसलाई हुने गुँडको डिजाइन र निर्माण गरेका छन् जसमा मानिसहरूले चराले जस्तै सुत्ने अनुभव गर्ने मौका पाउँनेछन् । स्थानीय जंगलबाट ल्याइएको काठबाट बनाइएको ‘स्पिरिट नेष्ट’ नाम दिइएको उक्त मानिसको गुँडमा दर्ुइथरिका गुँडहरू पाइन्छन् । एउटामा अन्तर्रर्ााट्रय कला र संस्कृति समावेश गरिएको छ भने अर्कोमा र्सवसाधारण मानिसहरूका लागि खुला गरिएको ‘टि्र बोन्स रिसोर्ट रहेको छ । यो गुँडमा रात बिताउनेले यो कत्ति पनि आरामदायी नभएको कुराको जानकारी पाउन जरुरी छ । त्यहाँ रात बिताएको क्षणमा कुनै पनि बेला पानी परेको खण्डमा तपाईंले त्यो गुँडभित्र टेन्ट हालेर पानीबाट बचाउ गर्नुपर्ने हुनेछ तर यदि प्रकृतिमा रमाउन चाहने व्यक्तिहरूका लागि यसबाट तपाईंले धेरै अनुभवहरू संगाल्न सक्नुहुनेछ । रुखको हाँगाहरूमा रुखको हाँगाहरूले नै बनाइएको गुँडमा एकजना बस्नको लागि लभ सिटदेखि लिएर ३० जनासम्म अटाउने क्षमता रहेको छ । बिग सर स्पिरिट गार्डेन वेभसाइटमा जानकारी दिएअनुसार जेसनले उक्त गुँडहरू स्थानीय जंगलमा पाइने रुखको हाँगाहरूबाट बनाएको जानकारी दिए । रुखलाई निकै सम्मान गर्ने जेसनले रुखको टुप्पोमा पाइने हाँगाहरूको मात्र प्रयोग गर्ने गरेको खुलासा गरे । रुखलाई क्षति नपुगोस् भनेर उनले ती हाँगाहरूलाई निकै ध्यानपर्ूवक काट्ने गर्दछन् । हाँगाका पातहरू निकालिसकेपछि त्यसलाई आगो नलाग्ने सुरक्षित ठाउँमा राखिन्छ । हाँगाहरूलाई त्यसको आकार अनुसार छुट्याइन्छ र गुण बनाउनको लागि जम्मा गरिन्छ । जम्मा गरिएको हाँगाहरूबाट जब चाहिएको गुँड बनाइन्छ तब त्यसलाई क्रेनको सहायताले निश्चित ठाउँमा राखिन्छ । त्यसपछि त्यसमा इन्टेरियर म्याट्रेसहरू राखिन्छ र अन्त्यमा गुँडसम्म जान भर्याङ राखिन्छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु