यस्ता पनि हजुरबा !
काठमाडौँ । पन्जाव प्रान्तको लुधियाना निवासी फोरेज खान नामका व्यक्तिले अस्पतालको शययाबाटै आफ्नो नवजात शिशु नातीलाई ४५ हजार भारतीय रुपैयाँमा बेचिदिएको घटनाको रहस्योद्घाटन भएको छ । एक स्थानीय व्यापारीलाई आफ्नो नाती बेच्ने ती ४७ वषीय हजुरबुबालाई प्रहरीले पक्राउ गरिसकेको छ । साथै सो किनबेचमा संलग्न अरु दुइजनालाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको बताएको छ । सुत्केरीपछि अस्पतालको शययामा रहेकी आफ्नी छोरीको आँखा छलेर उनले उक्त नातीलाई बाहिर निकालेका थिए । यसका लागि उनले सो अस्पतालमा कार्यरत दर्ुइजना कर्मचारीको सहयोग लिएका थिए । उक्त काममा संलग्न ती कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई पनि पैसाको प्रलोभनमा पारेर सो काम गरिएको थियो । पञ्जाव प्रान्तको लुधियाना निवासी फोरेज खान नामका ती व्यक्तिले आफ्ना श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर बसेकी छोरीले पाएको नातीलाई बेच्न पहिले नै उक्त स्थानीय व्यापारीबाट बैना रकम लिइसकेका पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । लुधियानाका प्रहरी अधिकारी सतिस मल्होत्राले नवजात शिशुको अपहरण र बेचबिखनमा संलग्न सबैजनालाई नियन्त्रणमा लिइएको र आवश्यक कानुनी कारबाही अघि बढाइएको जानकारी दिएका छन् । उनका अनुसार अपहरित ती शिशुलाई हाल उनकी आमाको जिम्मा लगाइएको छ । उक्त बच्चालाई सो व्यापारीले राम्रोसँग पालन पोषण गरेकोले स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताइएको छ । यसै महिनाको सुरुमा लुधियानाकै एक स्थानीय अस्पतालमा ती शिशु जन्मिएका हुन् । जन्मिएको केही दिनमै उनलाई बेचिएको हो । उनीहरुलाई भारतको हालको कानुनबमोजिम कम्तीमा पनि सातवर्षेल सजाय हुनसक्ने बताइएको छ । भारतमा यस्ता बालबालिका अपहरणका मुद्दा व्यापक मात्रामा बढिरहेका पाइन्छ । एक तथ्याङ्कअनुसार सन् २०११ मा मात्र भारतमा कम्तीमा पनि पाँच हजार जनालाई बालबालिकाको अपहरण गरी बेच्ने काममा संलग्न रहेको आरोपमा अदालतमा मुद्दा दायर गरिएको थियो । भारतमा यसरी बेचिएका बालबालिकालाई वेश्यावृत्तिमा लगाउने, सडकमा बसेर माग्ने काममा प्रयोग गर्ने तथा र्सकसजस्ता जोखिमपूण्काममा लगाउने गरिन्छ ।- एजेन्सी