मन बुढो नभएपछि…..

२०७० बैशाख २८ गते, शनिबार


काठमाडौँ । भारतको हरियाणामा ९६ बषर्ीय रामजित राघव फेरि एकपल्ट पिता बनेका छन् । तन बुढो भए पनि मन बुढो हुँदैन भन्ने युक्तिलाई चरितार्थ गर्दै रामजित संसारकै सबैभन्दा बढी उमेरमा पिता बन्ने व्यक्ति भएका छन् । यसअघि पनि यो कीर्तिमान उनकै नाममा थियो । सन् २०१० मा उनकी पत्नी शकुन्तलाले छोरा करमजितलाई जन्म दिएकी थिइन् । गएको महिना ५४ वषर्ीया शकुन्तलाले फेरि अर्को छोरा रन्जित जन्माएपछि रामजितले आफ्नै कर्ीर्तिमान भङ्ग गरेका हुन । भारतको राजधानी नयाँ दिल्लीभन्दा ३१ माइल पर हरियाणा राज्यको खरखोडाको एक झुप्रोमा बस्ने उनले भने, ‘यो सबै इश्वरको मर्जी हो, उपरवालाको इच्छा नै मेरो अर्को छोरा होस् भन्ने भएपछि म यसमा के गर्न सक्छु र -‘ हरियाणाको सरकारी अस्पतालमा शकुन्तलाले गएको महिना छोरा पाएपछि रामजितले आफू पिता बनेको बताउँदा त्यहाँका चिकित्सकहरूले उनलाई हाँसोमा उडाएका थिए । खेतिपातीबाट जीवनयापन गर्ने उनको कमाई औसत भारतीयभन्दा निकै थोरै छ । त्यसैले रामजित आफ्ना छोरा उच्च सरकारी पदमा जागीर खाउन् भन्ने चाहना राख्छन् । उनको उमेरले डाँडा काटे पनि एक रातमा तीनदेखि चार पल्टसम्म यौन सर्म्पर्क गर्छन् उनी । छिमेकी यो उमेरमा उनको यौन शक्तिको रहस्य के हो भनेर निकै केरकार गर्दा उनी रमाइलो पारामा जवाफ फर्काउँछन्, ‘भगवत्इच्छा’ अझ उनी रौसिँदै भन्छन्, ‘म स्वस्थ छु र सहवासको आनन्द लिन्छु । मलाई लाग्छ पतिपत्नीको मधुर सम्बन्धका लागि नियमित यौन सर्म्पर्क हुनु महत्वपूण् हुन्छ । शकुन्तलाले यौन सर्म्पर्कका लागि भन्दा म रातभरि नै सहवास गर्न सक्छु, तर छोराका लागि अहिले हामीले आफ्ना यौनेच्छा पन्छाएका छौँ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु