अब जुत्ताबाट मोवाईल चार्ज

२०७० जेष्ठ १७ गते, शुक्रबार

बिजुली नभएका स्थान तथा यात्रामा मोबाइल तथा यस्तै साना ग्याजेट अब जुत्ताबाट पनि चार्ज हुने प्रबिधी आएको छ। केन्याबाट यस्तो प्रविधिको विकास भएको हो । केन्या २४ बर्षिय एक युवाले जुत्ताबाट मोबाइल चार्ज गर्ने प्रबिधी तयार गरेका हुन । नैरोबीमा भएको केन्येन साइन्स टेक्नोलोजी एण्ड इन्नोभेसन वीकमा २४ वर्षा युवा एन्थोनी मुतुअले मानिसको शरिरले उत्पन्न गर्ने चापबाट विद्युत शक्ति निकाल्ने आफ्नो प्रविधि प्रदर्शन गरेका छन्।
केन्याको नेशनल काउन्सिल अफ साइन्स एण्ड टेक्नोलोजीको ६ हजार डलर सहयोगमा उनले यसखालको प्रविधिको विकास गरेका हुन्। उनले यसखालको जुत्ताबाट मोबाइल चार्ज गर्न सकिने प्रविधिलाई आम प्रयोगमा ल्याउनका लागि थप आर्थिक सहयोग आवश्यक पर्ने बताएका छन्। मुतुअले जुत्ताबाट मोबाइल चार्ज गर्नका लागि विद्युत उत्पादन गर्ने क्रिष्टल चिपको प्रयोग गरेका छन्। जुन आकारमा सानो र उपयोगका लागि सस्तो पनि हुने बताइएको छ। जुन चिप जुत्ताको सोलमा राखिन्छ। जुत्तामा यो चिप सहितका उपकरण राखेपछि जुत्ताबाट एउटा तारको सहायताले आवश्यक परेको खण्डमा मोबाइल चार्ज गर्न सकिन्छ। मुतुआले उनले आविश्कार गरेको जुत्ता लगाएर हिंड्ने हरेकले आफ्नो पाइला र चालसँगै विद्युत उत्पादन गर्ने बताए। उनको यो उत्पादन अफ्रिकी बजारमा जम्मा ४६ डलरमा उपलब्ध हुन सक्ने बताइएको छ। जसमा उनले साडे दुई वर्षको वारेन्टी दिइने व्यवस्था छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार