मानिस कुकुर बनेपछि…..
 
                पृथ्वीको सबैभन्दा उत्कृष्ण र चेतनशील प्राणीमा हो मानिस , मानिस को स्वाभाब पनि अचम्म अचम्म को हुने गर्दछ । मानिस आफ्नो इच्छा  पुरा गर्ने अनेक कोशिष गर्छ।  कोही लिंग परिवर्तन गर्छन  भने कोहि  पलाष्टीक सर्जरी गरेर आफ्नो अनुहार तथा शरिरका अन्य अंग फेर्ने गर्छन ।यस्तै क्रममा ब्राजिलका एक युवाले भने अनौठो काम गरेर संसारलाई नै चकित पारिदिएका छन । उनी मान्छे भएर त जन्मिए तर, उनलाई सानैदेखिको कुकुर बन्ने रहरले गर्दाअहिले सर्जरी गरेर  कुकुर बनेका छन्  ।उनका अनुसार उनलाई आफ्नो बच्चा उमेरदेखि नै परिवारले कुकुरको जस्तो व्यवहार गरेको र कुकुर बनाउन चाहेकोले उनी अहिले सर्जरी गरेर मानब अनुहारलाई कुकुरको टाउकोको स्वरुप दिएका छन ।सर्जरी पछि उनी कुकुर जस्तै देखिएका छन । उनी आफु यस्तो स्वरुप पाएर खुसी भएको बताउछन । कुकुर जस्तो बन्ने उनको तीब्र इच्छाशक्तिलाई मनग्य पैसा लिएर ब्राजिलका चिकित्सकले उनको माग अनुसार परिवर्तन गरिदिएका छन । उनीहरुले उनको नाक, कान ओठ, रौं आदि बिल्कुल कुकुर जस्तै बनाइदिएका छन ।यति गरिसकेपछि उनीहरुले एक मरेको कुकुरको अघिल्लो भाग काटेर ती व्यक्तिको अनुहारमा लगाइदिए । यस्तो अचम्मको सर्जरीपछि ती व्यक्तिलाई सबैले डगम्यानका रुपमा बोलाउने गरेका छन ।

 
                 
                             
                             
                         
                         
                        