प्रेमिकालाई कुकुरबाट बलत्कार गराए पछि….
म्यासाचुएट्स, २७ असार। अमेरिकाको म्यासाचुएट्स राज्यको २४ बर्षका एक युवकले आफ्नो प्रेमिकालाई हप्ता दिन सम्म कोठामा बन्दी बनाई कुकुरबाट बलत्कार गराएको घटना सार्वजनिक भएको समाचार छ ।न्यूज वेबसाइट हफिन्गटन पोस्टका अनुसार, जस्टिन मुस्तफा नाम गरेका एक व्यक्तिले ड्रग्सको इन्जेक्शन दिएर पडित महिलालाई कुकुरबाट अप्राकृतिक संभोगकालागि बाध्य बनाई अश्लील भिडियो पनि खिचेको बताएको छ ।जून २८मा आफ्नो प्रेमिकालाई मुस्तफाले बन्दी बनाएका थिए भने त्यसको सात दिन पछि जुलाई ४ मा प्रेमिको कैदबाट उम्किन सफल भएकी ति युवली पुलिसको शरहणमा पुगे पछि घटना सार्वजनिक भएको हौमैकुराडटकमले जनएको छ ।पिडित युवतीले दिएको बयानको आधारमा आरोपि मु्स्तफालाई भोलिपल्ट पुलिसले हिरासतमा लिए तर उसले गल्ती भने स्वीकारेका छैनन् ।यद्यपि आरोपिलाई धरौटीमा भने रिहा गरेको छैन।पुलिसका अनुसार मुस्तफाले आफ्नो प्रेमिकालाई शंखाको आधारमा त्यस्तो हरकत गरेको हुन सक्ने बताएका छन्।यस घटनाको सुनवाई जुलाई १५ मा जिल्ला अदालतमा हुने पनि उक्त अनलाइनमा जनाएको छ।आरोपि जस्टिन मुस्तफा यस भन्दा अगाडि जेल परेको बेला उसकी प्रेमिकाले गरेको विश्वासघातको आधारमा यस्तो घटना हुन सक्ने पुलिसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।यो भन्दा अगाडि पनि मुस्तफले आफ्नो प्रेमिकाको साथ यौन सम्पर्क गरेको भिडियो बनाएका थिएर जवकि त्यस भिडियोको लागि उसकी प्रेमिका राजि भएको हफिन्गटन पोस्टले जनाएको छ।

 
                 
                             
                             
                         
                         
                        