टपलेस महिला क्लब
 
                अमेरिकी महिलाहरूले एउटा यस्तो क्लब निर्माण गरेका छन् जसमा हरेक उमेरका महिला टपलेस भएर पुस्तक अध्ययन गर्न सक्छन्। त्यसका लागि उनीहरूले कानुनको सहारासमेत लिएका छन् र टपलेस बुक क्लबलाई वैधानिकता प्रदान गरिसकेका छन्। यो टपलेस बुक क्लब अमेरिकाको न्युयोर्कमा छ, जहाँ महिलाहरू केवल कोठाभित्र मात्र होइन, बाहिर घाम ताप्दै पुस्तक पढ्न सक्छन्। यो क्लबका महिलाहरू न्युयोर्कका विभिन्न ठाउँमा गएर एक्लै वा समूहमा टपलेस भएर पुस्तक पढ्छन्।

 यो अभियानले समाजमा महिलाहरूप्रति समानताका साथै स्वतन्त्रताको भावना समेत प्रबल तुल्याउने दाबी यसका कार्यकर्ताहरूको छ।- एजेन्सी

 
                 
                             
                             
                         
                         
                        