४०५ किलोको फलामको जुत्ता लगाएर हिँड्ने मानिस

२०७० मंसिर ८ गते, शनिबार


काठमाडौँ । गह्रुङ्गो जुत्ता सामान्यतया निकै असजिलो हुन्छ तर जाङ्ह फुजिंगलाई जुत्ताको तौलले केहि प्रभाव पार्ननसकेको देखिन्छ । ताङसान, चीनका ५१ वषीयले प्रत्येक दिन बिहान ४०५ किलोको फलामको जुत्ता लगाएर हिँड्ने गर्दछन् । बिगत सात वर्षेखि, फुजिंगले आफ्नो दैनिक व्यायाम यो निकै गह्रुँगो जुत्ता लगाएर गर्न गर्दछन् । फ्याक्टि्रमा काम गर्न उनले यो अचम्म लाग्दो ३० से.मि. लम्बाई र २० से.मि चौर्डाई भएको जुत्ता आफैँ डिजाइन गरेका हुन् । सुरुमा उनको यो जुत्ता मात्र ७० किलोग्रामको थियो तर पछि उनले यसको तौलमा वृद्धि गर्दै गए । अहिले उनको यो जुत्ता ४० से.मि अग्लो र ४०५ किलोको छ, उनको शरिरको तौलभन्दा सात गुणा बढी । यस्तो जुत्ता लगाएर मानिसले आफ्नो खुट्टा उठाउन पनि सक्दैन होला भन्ने धेरै मानिसले सोचेको हुनर्ुपर्छ तर उनका अनुसार यो जुत्ता लगाएर उनी दैनिक दुइ मिटर हिँड्ने गर्छन् त्यो पनि २० मिनेटमा । उनले आफ्नो ती जुत्ताहरू आँगनमा राख्छन् र ती निकै गह्रुँगो भएका कारण त्यसलाई कसैले चोर्नसक्दैन भन्ने कुरामा ढुक्क छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार