मृत घोषित बच्चा रोएपछि…

२०७० मंसिर १३ गते, बिहीबार


काठमाडौं, चीनको एक असपतालमा मृत घोषित एक बच्चा दुई दिनपछि रोएपछि उपचार गर्ने डाक्टर फसादमा परेका छन् । डाक्टरले बचचालाई मृत घोषित गरेको दुई दिनपछि अन्तिम संस्कारका लागि तयारी गर्दा बच्चा रोएको हो ।गत साता सोमबार हेफेईमा रहेको अन्तिम संस्कार स्थलमा बच्चालाई पुर्नै लाग्दा बच्चा रोएको आवाज मलामीले सुनेका थिए । सो घटनापछि प्रशासनले अस्पतालका डाक्टरविरुद्ध कारबाही सुरु गरेको छ । अस्पतालले गल्ती गर्ने डाक्टर पत्ता लागिसकेको बताएको छ ।उनको लाइसेन्स पनि खारेज गरिसकेको छ । मृत घोषित बच्चाको अवस्था अहिले पनि गम्भीर छ । जन्मँदै श्वासप्रश्वाससम्बन्धी रोग लागेको सो बच्चालाई प्रोभेन्सिलय बाल अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि एक डाक्टरले बचचालाई मृत घोषित गरेका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार