एकै पटकमा १० सन्तान !

२०७० पुष ३ गते, बुधबार


काठमाडौं, ३ पुस । भारत मध्यप्रदेश, सतना जिल्ला रेवा नगरकी २८ वर्षीया अन्जु कुशवाहाले एकै पटकमा १० सन्तान जन्माएकि छिन , तर दुर्भाग्य उनको कुनैपनि बच्चा बाँच्न सकेनन् ।दश वर्ष अघि विहे भएको अन्जुको यस अघि सम्म कुनै सन्तान हुन् सकेको थिएन तर उनले गतआइतबार राती दशवटा बच्चा जन्माएकी थिइन् ।चार महिना अगाडी पेट दुखेपछि उनलाई श्रीमान सन्तोषले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । तर त्यहाँकी नर्सले ठुलो अस्पताल लैजान सुझाव दिएपछि जिल्ला अस्पतालमा लगिएको थियो । जहाँका डाक्टरले उनलाई आवश्यक परीक्षण गरेर औषधी दिएर फर्काइदिएका थिए ।
अस्पतालबाट फर्केपछि पनि उनको हालतमा सुधार नभएपछि सन्तोषले अन्जुलाई जबलपुर अस्पताल पुर्‍याए, जहाँ गर्भपरीक्षण गर्दा अन्जुको पेटमा एक भन्दा बढी भ्रुण देखिएको थियो । त्यहाँका डाक्टरले सन्तोषलाई भ्रूण घटाउन सल्लाह दिए ।
फेटल रिडक्सन भनिने यो पद्धतीमा चिकित्सकले औषधिको माध्यमबाट एक मात्रै भ्रूणलाई जोगाउँदै बाँकीलाई नष्ट गर्छन् । तर अन्जुका पति यसका लागि तयार भएनन् । आइतबार राती सन्तोषले अन्जुलाई सन्जय गान्धी अस्पताल लगे ।
तर बाटोमै अन्जुले ९ वटा बच्चालाई जन्म दिइसकेकी थिइन् । यी सबै बच्चा १२ हप्ताका मात्रै रहेको चिकित्सकले बताएका छन् । दशौं बच्चालाई पाठेघरबाट झिकिएको थियो । दश वटा बच्चा जन्माएपछि अन्जुको अवस्था निकै गम्भीर बनेको थियो ।
चिकित्सकहरुले यस्तो घटना चिकित्सा जगतका लागि आश्चर्यजनक भन्दै अनुसन्धान सुरु गरेका छन् । गर्भ रहनका लागि बढी मात्रामा औषधिको प्रयोगले यस्तो भएको हुनसक्ने चिकित्सकहरुको भनाइ छ ।
बाँझोपनको उपचार गर्ने क्रममा अन्जुले धेरै किसिमका औषधि प्रयोग गरेको हुनसक्ने या टेष्टट्युब बेबी प्रविधि प्रयोग गरेको हुनसक्ने भन्दै चिकित्सकले उनको मेडिकल रेकर्डको अध्ययन भइरहेको बताएका छन् । अन्जुका परिवारले भने कुनै किसिमको उपचार नगरेको बरु स्थानीय डाक्टरबाट गर्भ रहनका लागि केही औषधी लिएको बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]