फेसबुक चलाउने युवतीलाइ ढुंगाले हानेर मारियो

२०७० फाल्गुन ७ गते, बुधबार


काठमाडौं, ७ फागुन ।विश्वभर सामाजिक सञ्जालहरुको लोकप्रियता विश्वभर बढीरहँदा सिरियाकी फ्याटुम अल जसिम भन्ने युवतिको फेसबुक चलाएको भन्दै क्रुर हत्या भएको छ ।समाचार संस्थाहरुमा उल्लेख भएअनुसार फेसबुक चलाएको भन्दै सिरियाकी एक युवतीलाई ढुङ्गाले हिर्काएर बिच सडकमा हत्या गरिएको छ ।फ्याटुम अल जसिम नाम गरेकी ती युवतीलाई ढुङ्गाले हानेर मार्न त्यहाँस्थित एउटा धार्मिक अदालतले आदेश दिएको थियो । अल–रेक्का नामक अदालतले फेसबुक चलाउनुलाई आफ्नो श्रीमान् वा श्रीमतीसँग नभएर परस्त्री वा परपुरुषसँग सम्बन्ध राख्न चाहेको भन्दै सार्वजनिक स्थानमा लगेर ढुंगाले हानेर हत्या गरिएको हो ।अदालतले ती युवतीले फेसबुक चलाएर अनैतिक काम गरेको उक्त अदालतको ठहर छ । ति युवतीलाई ढुंगाले हानेर हत्या गर्नेहरु इस्लामिक स्टेट अफ इराक एण्ड सिरियाका सुन्नी समूदायका भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार