बिरालोको प्रतिमालाइ ५२ हजार पाउण्ड

काठमाडौं ।बेलायतमा जब ९५ वर्षीय वृद्धा महिला डोरिन लिडडेलको गत वर्ष मृत्यु भयो तब उनले आफ्नो आफन्तका लागि एउटा मूल्यवान वस्तु छाडेर गइन् । त्यो वस्तु थियो २५०० वर्ष पूरानो एउटा विरालो । उनको निधनपछि उनका आफन्तजन गाउँमा रहेको घरको सरसफाई गरिरहेका थिए । तब उनीहरुले एउटा धातुको वस्तु फेला पारे, जसलाई उनीहरुलाई अनावश्यक वस्तु ठाने ।
तर, त्यो वस्तु कुनै अनावश्यक वस्तु थिएन । बरु प्राचीन मिश्रकालको एउटा विलक्षण प्रतिमा थियो । बिरालो आकारको यो चाँदीको प्रतिमाभित्र बिरालोको अस्थिपञ्जर पनि सुरक्षित थियो ।तैपनि परिवारजन यो बिरालो आकृतिको प्रतिमा फ्याँक्ने तयारीमै थिए । तर समय रहँदै यसलाई बचाइयो । प्राचीन कलाकृतिहरुको स्थानीय विक्रेटा डेभिड हेका कारण यो बिरालो रद्दीको टोकरीमा जाँदाजाँदै बच्यो ।त्यही बिरालो यही साता भएको लिलामीमा ५२ हजार पाउण्डमा एक अज्ञात व्यक्तिले फोनमै बोली लगाएर किने । यो बिरालो किन्ने व्यक्ति अन्तर्राष्ट्रिय व्यापारी रहेको अनुमान गरिएको छ।
विशेषज्ञहरुले यो बिरालोको प्राचीनता प्रमाणित गरेका छन् । तर यो बिरालो आकृतिको प्रतिमा बेलायतको एउटा गाउँमा कसरी पुग्यो भन्ने प्रश्न अनुत्तरित नै छ।
स्वर्गीय डोरिन लिडडेलका स्वर्गीय पिता डगलस लिडडेल चर्चित पुरातत्वविद हावर्ड कार्टरका लागि काम गर्दथे । कार्टरले नै मिश्रको प्रसिद्ध तूतूतनखानमनको कब्र खोजेका थिए ।
लिडडेल १९८७ मा मिश्रको प्राचीन कलाकृतिहरुको कारोबार गर्ने कम्पनी स्पिंक एण्ड सनबाट सेवा निवृत्त भएपछि दक्षिण–पश्चिम इंग्ल्याण्डमा बस्न थालेका थिए ।विशेषज्ञहरुका अनुसार बिरालो ७००–५०० ईसापूर्वको समयको हो । जब मिश्रमा २६औं राजवंशको शासन थियो । बिरालोको लिलामी गर्ने संस्थाका अनुसार यो बिरालो कुनै उच्च पहुँच भएको सम्पन्न व्यक्तिले बनाएको हुनुपर्छ ।- एजेन्सी