ट्रकलाई जम्प गराएर विश्व रेकर्ड

काठमाडौँ । बुट्टे, मोन्टानामा एक साहसी स्टन्टम्यानले सेमि–ट्रकलाई सबैभन्दा लामो दुरिसम्म जम्प गराउने पुरानो रेकर्ड तोडेर नयाँ विश्वरेकर्ड बनाएका छन् । यी स्टन्टम्यान थिए ‘ग्रेग गड्फ्रे’ । यो कार्यको पुरानो रेकर्ड ६२ फिटको दुरिको थियो । गड्फ्रेले सो रेकर्डमा थप १०० फिट भन्दा पनि बढि दुरि कायम गरेका थिए । यस कार्यमा नयाँ रेकर्ड १६६ फिटको बनेको छ । यो रेकर्ड हालसालै बुट्टेमा प्रबन्ध गरिएको एक उत्सबमा बनाईएको थियो । पछि गड्फ्रेल इन्स्टाग्राममा सुरुमा केवल १४० फिटमात्र जम्प गर्ने सोच रहेको बताएका थिए । दर्शकहरुको समर्थनले गर्दा उनीमा अझै बढि दुरि कायम गर्ने जोस आएको उनले बताए । यो जम्प लगाउनको निम्ति उनले सुरुमा ट्रकलाई लगभग ११३ कि.मी. प्रतिघण्टाको गति कायम गर्नुपरेको थियो । यो रेकर्ड तोडेको हेर्नको लागि करिब २ हजार जना मानिसहरु जम्मा भएका थिए ।
यतिमात्र नभएर सोहि कार्यक्रममा गड्फ्रेका भतिजा ‘ट्यानर गड्फ्रे’ र ‘लभि ट्राउटम्यान’ले पनि आपैmले बनाएका रेकर्डहरु तोडेका थिए । ट्यानर गड्फ्रेले एक सानो स्टन्ट गर्ने गाडिल २०२ फिटको जम्प लगाएका थिए भने लभि ट्राउटम्यानले १० प्रज्वलित भित्ताहरुको बिचबाट गाडी कुँदाएका थिए । यसरी सो कार्यक्रममा एक दिनमा नै ३ रेकर्ड तोडिएको थियो ।