श्रीमतीले फोन नउठाएपछि….

२०७२ भाद्र २८ गते, सोमबार

काठमाडौँ । पूर्वी चीनको शेंगडंग प्रान्तका एक व्यक्तिले श्रीमतीले फोन नउठाएको झोँकमा नाक टोकेर खाइदिएका छन् । पीडित महिलाको पूरै परिचय खुलाईएको छैन र छोटकरी उनको नाम येंग बताइएको छ । समाचार अनुसार येंगले अफिसमा रातको सिफ्टमा काम गर्थिन् । रातको दुइ बजेतिर उनका पतिले उनलार्ई फोन गरेछन् तर उनले उठाउन पाइनन् । श्रीमतीले आफ्नो फोन नउठाएपछि लोग्नेचाहीँ रिसले आगो भए । अर्काे बिहान सबेरै उनी श्रीमतीको अफिसमै पुगे । गालीगलौज गर्दै सिकारी जनावर झम्टिएझैँ गरी पत्नीको नाकमा आफ्नो दाँतले धावा बोले । आफ्नो दाँतले श्रीमतीको नाक क्वाप्पै चुँडाएपछि उनले उक्त नाकलार्ई सर्लक्कै निले ।
श्रीमतीको नाकमा धावा बोल्नुअघि उनले रिसाउँदै भनेका थिए– मैले फोन गरिरहेको बेलामा किन उठाइनस् ? घटनापछि पीडित महिलाले आपूmलार्ई लोग्नेले भित्तातर्फ धकेलेको र आफ्नो टाउको भित्तामा ठोक्काइदिएर नाक खाइदिएको बताएकी छिन् । डाक्टरहरुका अनुसार येंगको नाक पूरै गुमेको छ । अब नयाँ कृत्रिम नाक राख्नु आवश्यक हुन्छ । श्रीमतीको नाक खाइदिएपछि ती हिंस्रक लोग्ने फरार भएका छन् र पुलिसले उनको खोजी गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]