यस्तो पनि प्रश्न !

काठमाडौँ । घरमा आगो लागिरहेको छ । घरभित्र तपाइँको आमा र प्रेमिका छन् । एकजनालाई मात्र बँचाउन सक्नुहुन्छ भने तपाइँले आमा र प्रेमिकामध्ये कसलाई रोज्नुहुन्छ ?
धर्मसंकटमा पार्ने यो प्रश्न ख्यालख्यालमा सोधिएको वा कसैको मन बुझ्नलाई हँसिमजाकमा सोधिएको प्रश्न होइन । वकिल तथा न्यायाधीशको परीक्षामा सोधिएको प्रश्न हो । चीनमा हालै भएको वकिल तथा न्यायाधीशहरुको परीक्षामा यहीँ प्रश्न सोधियो । स्मरण रहोस् सरकारले लिने यो परीक्षा पास गरेपछि मात्र चीनमा वकालत गर्न वा न्याय क्षेत्रमा जागिर खान पाइन्छ । सरकारी परीक्षामा यस्तो प्रश्न सोधिएपछि परीक्षार्थीहरुले आ–आफ्नो तर्कका आधारमा उत्तर दिए । तर, पछि चीनको न्याय मन्त्रालयले यो प्रश्नको सही उत्तर प्रकाशित ग¥यो र भन्यो प्रेमिका र आमामध्ये आमालाई बचाउनु नै सही उत्तर हो । आमालाई बचाउनु परीक्षार्थीहरुको कर्तव्य रहेको भन्दै मन्त्रालयले आमालाई छाडेर प्रेमिकालाई बचाउन लाग्नु अपराध भएको ठहर गरेको छ । तर, सरकारको यो उत्तरले सबै चिनियाँको चित्त बुझाएन । चिनियाँ इन्टरनेट प्रयोगकर्ताले सरकारले सोधेको प्रश्नमाथि नै प्रश्न उठाए ।
आफ्नो अभिभावकलाई सहयोग गर्ने कर्तव्यसँग आपतकालमा अरु कोहीलाई उद्धार गर्ने कुरालाई तुलना गर्नु नै हास्यास्पद रहेको टिप्पणी नेटिजन्सको छ । कतिपयले कानूनी तर्क लगाएर भनेका छन् । एकजनाले लेखेका छन्– कानुनअनुसार कुनै पनि छोराको आमा हुनैपर्छ । तर अरु मानिस पनि खतरामा भएको बेला आमालाई नै बचाउनु पर्छ कि पर्दैन भन्ने कुरा कानुनमा बोलिएको छैन । एकजना युवाले अलिक दह्रो मन बनाएर लेखेका छन्– केटीहरु त जहाँतहीँ पाइन्छन् तर मेरी आमा भने एउटै मात्र हुनुहुन्छ । एकअर्का नेटिजनको तर्क भने बेग्लै छ । उनले यस्तो अवस्थामा आपूmले आमालाई नै बचाउने भन्दै लेखेका छन्– आमाले मलाई हुर्काउनुभयो । गर्लफ्रेण्ड आमाभन्दा जवान पनि छिन् र उनी आगलागी हुँदा आफैँ भाग्नसक्ने सम्भावना पनि बढी हुन्छ । तर, वकिल तथा न्यायाधीशको परीक्षामा यस्तो एकलिंगीय प्रश्न अर्थात् केटाका लागि मात्र सुहाउने प्रश्न किन सोधेको भनेर प्रश्न गर्ने भने भेटिएनन् । आशा गरौँ अर्काे वर्षको परीक्षामा सोधिनेछ– तपाइँले आफ्नो ब्वायफ्रेण्डलाई बँचाउनुहुन्छ की बुवालाई ? – बीबीसी