धेरै पाददा जागिर चट !

काठमाडौँ । अमेरिकाको पेन्सिल्भेनियास्थित केस पोर्क रोल कम्पनीले लेखानियन्त्रकको काम गर्दै आएका ७० वर्षका रिचार्ड क्लेमलाई अफिसमा धेरै पादेर दुर्गन्धित बनाएको आरोपमा जागिरबाट निकालेको छ । समाचारअनुसार सुँगुरको मासु बेच्ने कम्पनी केस पोर्क रोल कम्पनीमा लेखानियन्त्रकको काम गर्दै आएका ७० वर्षका रिचार्ड क्लेमले बढी पाद आउने कारणले जागिर गुमाएका हुन् । सन् २०१० मा ग्यास्ट्रिक बाइपास सर्जरी गराएका क्लेमलाई त्यसपछि मलद्वारबाट अत्यधिक ग्यास निस्कने समस्याले समातेको थियो । सन् २०१३ मा उनको समस्या झनै बढ्यो र ग्यासका साथै अनियन्त्रित झाडापखाला सुरु भयो । आपूmले १० वर्षदेखि निकै इमानदार तथा विश्वासिलो तबरले काम गरेको भन्दै उनले एक्कासी बर्खास्त गर्नु निकै निरासाजनक तथा हतोत्साही गराउने खालको कार्य भएको उनले दुखेसो गरेका छन् । आफ्नो समस्या निकै खतरनाक रहेको भन्दै उनले आपूm कार्यालय आउनेबित्तिकै बाथरुममा नछिरी नहुने तथा सम्हाल्नै नसक्ने तरिकाले ग्यास निस्किरहने समस्या रहेको उनी सुनाउँछन् । उनको वजन १९० किलो छ । सोही कार्यालयमा पार्टटाइम प्रशासनिक सहयोगीको काम गर्दै आएकी उनकी श्रीमती लोआनले पनि आफ्ना श्रीमान्लाई बर्खास्त गरिएकै दिन राजिनामा दिइन् । उनले कम्पनी विरुद्ध मुद्दा समेत हालेकी छिन् र आफ्नो श्रीमानमाथि दुव्र्यवहार तथा विभेद गरिएको आरोप लगाएकी छिन् ।