यी हुन् २ करोड तलब खाने विद्यार्थी !

काठमाडौँ । भारतीय एक विद्यार्थीले दुई करोड रुपैयाँको जागिर पाएका छन् । उनलाई इन्टरनेट बादसाह गुगलले बाषिर्क झण्डै दुई करोड रुपैयाँको जागिर अफर गरेको हो । भाग्यमानी युवक हुन् दिल्ली प्राविधिक विश्वविद्यालय (डिटियु) मा अन्तिम बर्षको अध्ययन गर्दै गरेका चेतन कक्कर । उनलाई गुगलले बाषिर्क १ लाख ९० हजार अमेरिकी डलरको जागिर दिने भएको छ । उक्त सफलतापछि प्रतिक्रिया दिँदै कक्करले डिटियू क्याम्पसले आफ्नो जीवनमा ठूलो फरक पारेको र गुगलमा काम गर्न आपूm अत्यन्तै उत्साहित रहेको बताएका छन् । कक्करका बाबु र आमा दुवै सो विश्वविद्यालयका शिक्षक–शिक्षिका हुन् । आमा रिता कक्कर रसायनशास्त्र विभागमा कार्यरत छिन् भने बुवा सुवास कक्कर व्यवस्थापन विषयका शिक्षक हुन् । डिटियूमा सूचना प्रविधि विभागका अन्तिम वर्षका विद्यार्थी कक्करले सन् २०१६ मा आफ्नो पढाई पूरा भएपछि गुगलमा काम थाल्नेछन् । गुगलको क्यालिफोर्निया स्थित कार्यालयमा काम गर्दा उनको प्रारम्भिक तलव हुनेछ एक लाख ९० हजार डलर अर्थात् करिब एक करोड २६ लाख भारु । डिटियू क्याम्पसका कुनै पनि विद्यार्थीले पाएको यो उच्च तलवको अफर हो । – एजेन्सी