छोरी जन्मेको खुशियालीमा…

२०७२ मंसिर १६ गते, बुधबार

काठमाडौं, १६ मंसिर । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जकरबर्ग र उनकी श्रीमती प्रीसिला च्यानले आफ्नी छोरी जन्मेको सार्वजनिक गर्दै फेसबुकमा रहेको आफ्नो शेयरको उन्नान्सय प्रतिशत असल कामका लागि दान दिने घोषणा गरेका छन्। जकरबर्गको फेसबुक पृष्ठमा राखिएको छोरी म्याक्सलाई लेखिएको चिठी मार्फत उक्त घोषणा गरिएको हो। उनीहरुले भनेका छन् – हाम्रो जीवनकालभरीमा हाम्रो त्यो सम्पत्ति चान जकरबर्ग इनिसियटिभ भन्ने कम्पनीलाई दान दिइनेछ किनभने हामी आफ्नी छोरी हुर्किने विश्व श्रेष्ठतम होस् भन्ने चाहन्छौं।
जकरबर्गका अनुसार अहिले शेयरको मूल्य ४५ अर्ब डलर छ।
लक्ष्य
छोरी म्याक्सको जन्म गत हप्ता भएको थियो तर यो जोडीले मंगलबार मात्रै छोरीको जन्मको समाचार सार्वजनिक गरेको थियो।
चिठीमा जकरबर्गले भनेका छन्- च्यान जकरबर्ग इनिसियटिभको लक्ष्य मानव संभावनालाई विकास गर्ने र नयाँ पुस्ताका सबै बालबालिकाबीच समानता प्रवर्द्धन गर्नु हुनेछ।
प्रारम्भिक रुपमा त्यो व्यक्तिगत सिकाइ, रोग सञ्चो पार्नु, मानिसहरुलाई एकअर्कासँग जोड्नु र समुदायहरु बलियो बनाउनमा केन्द्रित हुनेछ।
जकरबर्गले चिठीको शुरुमा छोरी म्याक्सलाई भनेका छन्- ‘तिम्री आमा र मैले भविष्यका लागि तिमिले दिएको आशा वर्णन गर्ने शब्द नै भेटिरहेका छैनौं।
समर्थन
तिम्री आमा र मैले भविष्यका लागि तिमिले दिएको आशा वर्णन गर्ने शब्द नै भेटिरहेका छैनौं। तिमिले अहिले नै तिमि रहने विश्वबारे सोच्न हामीलाई कारण दिएकी छौ
तिमिले अहिले नै तिमि रहने विश्वबारे सोच्न हामीलाई कारण दिएकी छौ।’
अर्बपति लगानीकर्ता वारेन बफेटले जकरबर्ग र चानलाई बधाइ दिँदै भनेका छन्- आफ्नो किस्मत दान दिँदा अब ३० प्रतिशत होइन ७० प्रतिशत नयाँ मापदण्ड बनेको छ।
सिलिकन भ्यालीका नयाँ र सबभन्दा प्रभावशाली शक्तिशाली जोडीको निर्णयलाई समर्थन गर्दै बफेटले भनेका छन्- अब अर्बपतिहरुले आफ्नो सम्पत्ती अर्को पुस्तामा सार्न मृत्यु कुर्न पर्दैन।
किताबी किरो या प्रविधिमा सिमित व्यक्तिका रुपमा मार्क जकरबर्गको व्यक्तित्व अब पहिलेको कुरा भइसकेको छ।
विश्व राजनीतिक मञ्चमा महत्वपूर्ण व्यक्तित्व बन्ने उनको महत्वाकांक्षा स्पष्ट देखिन्छ।
चिठीमा प्रविधिको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्दै आफुहरुको लक्ष्य मानवीय संभाव्यता र समानता बढाउनु रहेको बताइएको छ।
विस्तृत विवरण
उनले आफ्नी छोरीलाई लेखेका छन्- तिम्रो पुस्ताका सबैलाई इन्टरनेटमा पहुँच दिन सके धेरैलाई ठूल्ठूला अवसरहरु प्राप्त हुनेछन्। दानको विस्तृत विवरण उनी र श्रीमती चान छोरीका लागि लिइएको पितृ र मातृ विदा सकिए लगत्तै सार्वजनिक गरिने उनले बताए। जकरबर्गले आफु नै आगामी कैयौं वर्षसम्म फेसबुक प्रमुख रहिरहने बताएका छन्। निकट भविष्य सम्म त्यसका शेयरहोल्डरहरुमाथि नियन्त्रण राखिराख्ने अपेक्षा आफुले राखेको जकरबर्गले बताएका छन् । – बीबीसी नेपाली सेवाबाट

प्रतिक्रियाहरु

[anycomment]