यस्तो पो प्रेम …

२०७२ मंसिर २२ गते, मंगलवार

काठमाडौँ । यो दुनियामा एकजना यस्ता व्यक्ति छन् जसले पछिल्लो २० वर्षदेखि लगातार आफ्नी प्रेमिकालाई पर्खिरहेका छन् । आजभन्दा २० वर्ष पहिले एक जना युवतीले ती पुरुषसँग प्रेम गरिन् अनि छिटै फर्किन्छु र तिमीसँगै डेटिंगमा जान्छु भनेर बाचा गरेर गइन् । आहजी नामका ती पुरुष अहिलेपनि ताइवानको शिबुया रेल स्टेशन बाहिर उनै प्रेमिकाको पर्खाइमा बसिरहेका छन् ।
हचिको नामकी युवतीसँग उनको रेलयात्राकै क्रममा भेट भएको थियो । अनि दुइबीचमा रेलभित्रै मायाप्रेम बस्यो । दुबैजनाले फेरि भेट्दा डेटिंगमा जाने बाचा गरे र त्यसका लागि भेट्ने ठाउँ तय गरियो शिबुया रेल स्टेशन । बाचा अनुरुप तोकिएको दिनमा आहजी रेल स्टेशनमा पुगे तर उनकी प्रेमिका हचिको भने पुगिनन् । प्रेमिका आउने इन्तजारमा उनी रेल स्टेशनमा बसिरहे । उनी थाकेका छैनन् र ती बाचा गर्ने प्रेमिका आउने आशा मारेका छैनन् । एकदिन उनी अवश्य आउनेछिन् भन्ने विश्वास गरेका छन् उनले । ती क्षणभरकी मनकी रानीको पर्खाइमा उनले जिवनका २० वर्ष खेर फालिसकेका छन् र सबैकुरा त्याग गरेका छन् । उनका घर परिवारका सदस्यहरुले रेल स्टेशनमा उनलाई बेलाबेलामा खानेकुरा ल्याइदिन्छन् । लत्ताकपडा ल्याइदिन्छन् र घर फर्किनका लागि विन्तीभाउ गर्छन् । तर उनले आफ्नो चोखो मायाका खातिर सबै कुरालाई अस्विकार गर्दै आएका छन् । उनी भिखारीको जिवन जिइरहेका छन् र अरुको दयाको भरमा उनको प्राण धानिएको छ । तर प्रेमिका हचिको फर्किएपछि सबै कुरा बदलिने र आफ्नो जिन्दगीले नयाँ मोड लिने अपेक्षा उनको छ ।

प्रतिक्रियाहरु

[anycomment]