दैनिक साढे दुई किलो खुर्सानी खाने बानी !

काठमाडौ । चीनमा एक जना व्यक्ति यस्ता छन् जसले हरेक दिन करिब साढे दुई किलो खुर्सानी खाने गर्दछन्– त्यो पनि आँसु नै ननिकालिकन । हैली योंगजी आफ्नो यो रातो खुर्सानी मोहका कारण अब स्थानीय हिरो नै बनेका छन् । मानिसहरु उनलाई खुर्सानीका राजाको नामले समेत बोलाउने गर्दछन् । उनलाई खुर्सानी खान यति धेरै मन पर्छ कि उनले आफ्नो घर पछाडि आठ विभिन्न तरिकाले खुर्सानीका विरुवा रोपेका छन् । उनको यो खुर्सानी मोह त्यतिबेला थाहा भयो जतिबेला उनी मासु, अण्डाबिना बस्न सक्छन् तर पिरो खुर्सानी बिना सक्दैनन् भन्ने थाहा भयो । सामान्यतः मानिसहरु बिहानै उठेर ब्रश गर्दछन् । तर, उनी बिहानै अरुको जस्तो ब्रश गर्न मन पराउँदैछन् । हरेक बिहान उनी टुथपेस्टले होइन बरु रातो खुर्सानी खान्छन् र त्यसैले आफ्नो दाँत सफा गर्दछन् । उनका अनुसार यदि खानामा पिरोपन छैन भने उनलाई खानाको स्वादै आउँदैन । उनी यो रातो र पिरो खुर्सानीलाई स्न्याक्स जसरी खान्छन् । आफ्नो बिगत सम्झँदै उनले भने– दश वर्षअघि मेरो छोराको एउटा ट्रक दुर्घटना भएको थियो । त्यतिबेला उनी दुई कचौरा खुर्सानी खाएर अस्पताल जाने गर्दथे । उनी आफ्नो यो विचित्रको बानी कुनै सुपर नेचुरल पावर नभएको बताउँछन् । अस्पतालमा गराइएको जाँचमा पनि चिकित्सकहरुले उनी सामान्य रहेको जानकारी दिएको छ । – एजेन्सी