संसारको सबैभन्दा सानो घोडा

काठमाडौँ । बेलायतमा २.७ किलो तौल भएको एउटा घोडाको बच्चा जन्मिएको छ । जसको उचाई मात्र १४ इञ्च छ । न्यु हैम्पशायरको बान्र्सटेडमा जन्मिएको यो पिन्टो स्टेलियनलार्य आइन्स्टाइन नाम दिइएको छ । यो संसारको सबैभन्दा सानो घोडा हो । यसको वजन यति छ, जति एउटा आम बच्चाको जन्मका बेला हुने गर्दछ । यो बच्चा अमेरिकाको सबैभन्दा सानो घोडा थुंबेलालार्ई चुनौति दिन सक्नेछ । आइन्स्टाइनका सह मालिक डाक्टर रैशल भैगनरले भने– गिनिज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा सानो घोडाको तौल जन्मका समय ४ किलो थियो । अहिलेसम्म संसारको सबैभन्दा सानो घोडाको रेकर्ड थुंबेलाको नाममा छ । यद्यपि आइन्स्टाइनमा कुनै रोगका कारण सानो भएको कुतै संकेत फेला परेको छैन । आइन्स्टाइन मात्र सानो घोडा हो । – एजेन्सी