बाघ र बाख्राको मित्रता ?

२०७२ पुष २६ गते, आईतवार

काठमाडौँ । बाघका अगाडि बाख्रा बाँचेको अपवादै होला । तर, रुसको सफारी पार्कमा भने एउटा बाघ र बाख्राको मित्रता देखेर संसारमै आश्चर्यमा परेको छ । यो कथा हो अमोर नामको बाघ र तिमोर नामको बाख्राको । तिमोर बाख्रालार्ई अमोर बाघका सामु उसको भोजन बन्न पठाइयो । तीन वर्षदेखि सफारी पार्कमा रहेको अमोरलार्ई सातामा दुई दिन खानका लागि जिउँदो बाख्रा, भेँडा र खरायो दिने गरिन्छ । बाघलार्ई हरेक पटकजस्तै यस पटक पनि जिउँदो बाख्रा दिइयो । तर, केहीबेरपछि देखियो कि बाघकै सामु बाख्रा जीवितै थियो । बाघ चार दिनसम्म भोकै बस्यो, तर उसले त्यहाँ छोडिएको बाख्राको शिकार गरेन । बरु दुवै मिलेर एकसाथ बस्न थाले, खेल्न र सुत्न पो थाले । विस्तारै एक महिनाभन्दा बढी समय भइसकेको थियो ।
तिमोर तिमोरको आफ्नै बासस्थान छ, तर राति उ बाघकै छेउमा गएर सुत्न थाल्यो । जब त्यहाँबाट बाख्रा कतै जान्थ्यो बाघले घुर्राएर बाख्रालार्ई नजिकै बोलाउँछ । तिमोर नामको बाख्रा नजिकै आएपछि बाघ शान्त भएर बस्छ । बाख्रा मार्न बाघलार्ई कुनै समस्या छैन । उसले चाहेको खण्डमा एक पलमा बाख्रा खान सक्छ । तर, यो मित्रता हो । बाख्राले आफ्नो बहादुरी देखायो तब बाघले भन्यो– ओके म तिम्रो हिम्मतको सराहना गर्दछु । तिम्रो इज्जत गर्दछु । बरु मित्रता गरौ ।
बीबीसीका मस्को सम्वाददाता सारा रेन्सफोर्डले चिडियाखानाका निर्देशक दिमित्रि मेजेनसेभसँग पनि कुरा गरे । दिमित्रि भन्छन्– अमोर र तिमोरको मित्रता र यो जोडी चिडियाखानामा हिट भएको छ । जहाँ मानिस–मानिसलार्ई धोका दिइरहेको छ, ज्यान दिइरहेको छ, त्यही यी जनावरको मित्रता देखेर सबै दंग छन् । मानिसहरु बाख्रा र बाघको यो मित्रतालार्ई यति मन पराइरहेका छन् कि अब यहाँ आउनेहरुको संख्या पहिलाको तुलनामा तीन गुना बढेको छ ।
उनीहरुको लोकप्रियताका कारण अहिले उनीहरुको आफ्नै फेसबुक पेज छ । उनीहरु इन्स्टाग्राम र ट्वीटरमा पनि छन् । सफारी पार्कले अमोर र तिमोरको एउटा भिडियो डायरी पनि बनाएको छ, जुन अहिलेसम्म करोडौले लाईक गरिसकेका छन् । पार्क निर्देशक भन्छन्– जब दर्शकको मागका दुवैलार्ई हेर्नका लागि सीसीटीभी क्यामेरा लगाइयो तब वेभसाइट नै ठप्प भयो । उनीहरुको बढ्दो मित्रताका साथै एउटा आशंका पनि उब्जिएको छ । के हुने छ यदि एक दिन अमोर तिमोरसँगको मित्रता तोड्नेछ र तिमोरलार्ई खाने कोसिस गर्नेछ ? दिमित्रि भन्छन्– यद्यपि अहिले त्यस्तो छैन, त्यसैले दुवैलार्ई अलग गर्ने कुनै कारण देखिँदैन । जतिबेला जे हुन्छ त्यही अनुसार गरिने छ । आज पनि अमोरलार्ई भोजनमा जिउँदो जनावर दिने गरिन्छ । तर बाख्रा भने दिन छाडिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]