माया बसे पछि….

काठमाडौँ । भनिन्छ नि प्रेम अन्धो हुन्छ , यसले कुनै जात, धर्म, जाति, क्षेत्र वा उमेर केही हेर्दैन । यो प्रसंग अमेरिकाको एउटा जोडीमा पनि लागू भएको छ । अमेरिकाको मिसौरी निवासी ५३ वर्षीया केसी बेर्घ र उनीभन्दा करिब ३० वर्ष कान्छा हेनरी ग्लेन्डेनिङ्गबीच जमेको प्रेम कहानीले उमेरको दूरीको कुनै ख्याल गरेन । उनीहरुको मुटु मबाट ‘हामी’ मा परिणत भइसकेको छ । दुवैले आफ्नो परिवारको सहमतिमै विवाह गरेका छन् । उनीहरु आपूmलार्ई निकै सुखी भएको बताइरहेका छन् । दुवैबीचको प्रेम कहानीको सुरुवात त्यतिबेला भयो, जब एक दिन केसीले आफ्नो एक सहकर्मीलार्ई एसएमएस पठाएकी थिइन्। । तर, उक्त सन्देश भुलबस हेनरीको मोबाइलमा पुगेको थियो । केसी त्यतिबेला बिजनेश ट्रिपमा डेन्भरमा थिइन् । सन्देश पढेर हेनरीले केसीलार्ई विनम्रतापूर्वक बताए कि उनले गलत मोबाइलमा सन्देश पठाइन् । जवाबमा केसीले हेनरीसँग माफी मागिन् तब हेनरीले केसीसँग मित्रता गर्ने कुरा गरे, जसलार्ई केसीले सहजै स्वीकार पनि गरिन् ।
फोनमा कुराकानीको सिलसिला चलिरह्यो । तब दुवैले एकसातापछि भेट गर्ने निर्णय गरे । भेटपछि दुवैले आफ्नो उमेर हद भुले । तर, दुवैबीच विस्तारैविस्तारै आकर्षण र प्रेम बढ्न थाल्यो । करिब दुई वर्षपछि अन्ततः हेनरीले केसीसामु विवाह प्रस्ताव राखे । जसलार्ई स्वीकार गर्न केसीले पनि ढिला गरिनन् । दुवैको उमेर ३० वर्ष फरक भए पनि विवाहका लागि हेनरीका अभिभावकले सहमति दिए । यता हेनरीको उमेर करिब केसीको दुई छोरीकै बराबर छ, तैपनि उनले पनि हेनरीलार्ई पतिका रुपमा स्वीकार गरे । हेनरीसँग विवाह गर्नुअघि केसी पारपाचुके गरेर बसेकी थिइन् । केसीका अनुसार हेनरीसँग भेटघाट हुनुअघि उनले कहिल्यै पनि विवाहका बारेमा सोचेकी पनि थिइनन् । उनका अनुसार हेनरी र उनको सोच समान छ, त्यसैले उमेरले केही फरक परेको छैन । केसी र हेनरी दुवै भन्छन्, कयौपटक शपिङ मल वा सार्वजनिक स्थलमा जब मानिसहरु भेटिन्छन् तब उनीहरु सबैले सुरुमा आमाछोरा ठान्दछन् । वास्ताविकता थाहा पाएपछि उनीहरु आश्चर्यमा पर्दछन् । – एजेन्सी