दैनिक ६६ लिटर दूध दिने गाई !

काठमाडौँ । पञ्जाबको मोगा जिल्लाको एक गाउँमा एउटा गाइले नयाँ रेकर्ड बनाएको छ । सो गाईले दैनिक ६६ दशमलव ७ लिटर दूध दिएको छ । मोगाको डेरी फारममा स्थानीय हरप्रित सिंह हुँदालको गाईको सबैभन्दा बढी दूध दिएर नयाँ रेकर्ड बनाएको भारतीय संचारमध्यमले जनाएका छन् । यसअघि पञ्जाबकै लुधियाना जिल्लाको सरदारपुरा जिल्लाको गाईको रेकर्ड तोडेको हो । सरदारपुरा गाउँको दलजित सिंहको गाईले प्रतिदिन ६१.८ लिटर दूध दिँदै आएकोमा हरप्रित सिंहका गाईले प्रतिदिन ६६.७ लिटर दूध दिएर नयाँ रेकर्ड बनाएको हो । हरजित सिंह प्रतिदिन १४० गाईबाट २ हजार लिटर दूध उत्पादन गर्छन् । सो गाईले सबैभन्दा बढी दूध दिएर राष्ट्रिय रेकर्ड स्थापित गरेर १ लाख ५० हजार रुपैयाँ पुरस्कार जितेको छ ।