सिंहको टाउकोमा दाह्रा पलाएपछि !

२०७२ माघ ३ गते, आईतवार

काठमाडौँ । अमेरिकाको आइडाहो राज्यमा टाउकोमा पनि पूर्णरुपमा दाह्रा पलाएको सिंह मारिएको अमेरिकी वन्यजीव अधिकारीहरूले बताएका छन् । यो पहाडी सिंहलाई गत वर्ष डिसेम्बरमा वैधानिक रुपमै गोली हानेर मारिएको हो । आइडाहो राज्यको वन्य जीव विभागका अनुसार यो टाउकामा दाह्रा पलाउनु एक प्रकारको ट्युमर हुन सक्ने बताइएको छ । अर्काेतर्फ यो सिंह गर्वमा रहँदा जुम्ल्याहा रहेको र दोस्रो सिंहको मृत्यु जन्मअघि गर्वमै भएको हुन सक्ने अनुमान पनि गरिएको छ । जीवविज्ञहरूका अनुसार उनीहरूले यस प्रकारको घटना यसअघि देखेका थिएनन् । यो सिंहले आइडाहोको एउटा गाउँमा एउटा कुकुरमाथि आक्रमण गरेको थियो । तर, कुकुर भने बाँच्न सफल भएको बताइएको छ । कुकुरमाथि आक्रमण गरेको केही समयपछि यो सिंहलाई शिकारीले गोली हानी मारेका थिए । मारिएको सिंह वन्यजन्तु विभागका अधिकारीले हेर्दा टाउकामा पनि दाह्रा फेला परेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]