छोराको जिज्ञासा मेटाउन….

काठमाडौँ । यो कथा रोमानियाका फोटो पत्रकार मिहाई बर्बु र उनको परिवारको हो । मिहाईका चार वर्षका छोरा छन् भ्लादिमिर । उनको जिज्ञासा पनि त्यस्तै थिए, जस्तो आमबालबालिकाको हुने गर्दछ । सामान्यतः बावा तपाई किन घर बाहिर रहनु हुन्छ ?, मसँग किन खेल्नु हुँदैन ? कतै घुम्न किन लानु हुँदैन ? यो संसार कति ठुलो छ ? आदि आदि । अन्ततः मिहाईले आफ्नो छोरोको गुनासो र जिज्ञासा मेटाउने सोचे । उनले यसका लागि एउटा अनौठो तरिका अपनाए । आफ्नो बाइकलाई मोडिफाई गराएर त्यसमा साइड कार लगाए र आफ्नी श्रीमती ओआनाका साथ निस्किए छोरा भ्लादिमिरलाई संसार घुमाउन । गत वर्ष सेप्टेम्बरमा सुरु भएको उनको यात्रा यो हप्ता पूरा भयो । यो चार महिनामा मिहाई युरोप र अफ्रिकाका ४१ मुलुक पुगे । २८ हजार किलोमिटर यात्रा पूरा गरे । यात्रामा हरेक महिना औषतः ढेड लाख खर्च भयो । अब उनी ट्राभल डायरी लेखेर तस्वीरका साथ फेसबुकमा शेयर गरिरहेका छन् । बाँकी कुरा उनले पुस्तकमा लेख्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘यो यात्राको मेरो उद्देश्य यो महसुस गराउन हो कि बालबच्चाको खुसी नै सबै कुरा हो । आफ्नो आँखा अलिकति खोल्नुस र फेरि हेर्नुस के यो सम्भव छ ? यो आवश्यक छैन कि तपाई पनि यात्रा बाइकमै गर्नुस् । यो पनि होइन कि यसो गर्ने म एक्लो व्यक्ति हुँ । यसलाई योभन्दा फरक तरिकाले पनि गर्न सकिन्छ । सुरुवातमा म पनि निकै नर्भस थिए । किनभने भ्लादिमिर कहिल्यै बाइकमा चढेको थिएन । सोच्थेँ, सायद यसलाईमा लगाइएको साइड कारमा बस्न उसले रुचाउने छ कि छैन । यदि यसलाई मन परेन भने के गर्ने ? म वास्ताविकताभन्दा कोसौं टाढा थिएँ । म साथीहरुलाई दुई सातामा फर्कने बताउँदै हिड्थेँ । धेरै उल्झनका साथ मध्ये सेप्टेम्बरमा डालमेशियन कोस्टबाट यात्रा सुरु भयो । पहिला नर्वे, त्यसपछि आयरल्याण्ड र त्यसपछि मोरक्को पगियो । यसप्रकार हामी इस्तानाबुल, टर्की र रोमानिया गयौँ । यसक्रममा भ्लादिमिरको मनमा रहेको सबै आशंका र जिज्ञासा मेटाउँदै गएँ । उ यति खुसी थियो कि त्यो देखेर म र ओआना आफ्नो सबै थकान भुल्थ्यौ । उ घुम्नुभन्दा पनि आफ्नो आमाबाबुसँगै भएकोमा बढी खुसी थियो । मैले यो यात्राबाट बुझेँ कति दुःखको कुरा छ कि अधिकांश बालबालिकाले यस्तो मौका पाउँदैनन् । अब मलाई लागेको छ, बालबालिकाका साथ आमाबाबुले बढीभन्दा बढी समय बिताउनु आवश्यक छ । किनभने तपाई नै उनीहरुको संसार हो । –मिहाई बर्बु, उनी जहाँ जहाँ गए त्यहाँका बासिन्दाले उनलाई ठुलै बाइकर ठाने । जब उनीहरुले छोरालाई घुमाउन हिँडेको थाहा हुन्थ्यो तब उनीहरु आश्चर्यमा पर्दथे । मिहाईले पैसा बचाउनका लागि यात्राका क्रममा कहिल्यै पनि होटलमा बास बसेनन् । उनी टेन्टमै बसे । आराम गरे र अघि बढ्दै गए । – एजेन्सी