समुद्रमाथि होटल !

काठमाडौँ । बेलायतको लण्डन निवासी ३२ वर्षीय डिजाइनर लन्डोनेर गिएनलुकाले भविष्यको फ्लोटेल अर्थात पानीमा तैरिने होटलको योजना बनाएका छन् । मेरुदण्डको हड्डी आकारको यो होटलको विशेषता यसका कोठाको भ्यु सबै परिवर्तन भइरहने हुनेछ । किनभने यो भव्य पूर्वाधार लगातार समुद्रमा तैरिँदै हल्लिनेछ । यसमा गेष्टरुम, रेस्टुरेन्ट, सिनेमा हल, स्वीमिङ पुलसहित त्यस्ता सबै सुविधा उपलव्ध गराइनेछ, जुन सुविधा जमिनमा बनेका कुनै पनि होटलले उपलव्ध गराउँदै आएका छन् ।
आठ सय मिटर लामो मेरुदण्ड आकारको यो होटलमा बोटको सुविधा पनि हुनेछ । जसले पाहुनाहरुलाई ल्याउन र लैजान काम गर्नेछ । यो होटलले पर्यटकलाई क्रुज जहाजको विकल्प उपलव्ध गराउनेछ, जसले पाहुनाहरुलाई नयाँ र अज्ञात स्थलमा लैजानेछ । यो होटलको सबैभन्दा महत्वपूर्ण विशेषता यसलाई कुनै पनि स्थानमा जोड्न सकिनेछ । जसबाट त्यहाँका स्थानीय नागरिकले यो लग्जरी फ्लोटेलको थियटर, रेस्टुरेन्ट वा गार्डनमा जाने मौका प्राप्त गर्नेछन् । यो आत्मनिर्भर होटल हुनेछ, जसमा सोलार प्यानल, रेन वाटर, वेव एनर्जी स्टोर गर्ने क्षमता पनि हुनेछ ।