जन्मदै जोडिएका दुई बालिकालाई अलग गरियो

काठमाडौं, १८ माघ । स्वीटजरल्याण्डका चिकित्सकहरुले आड दिनको आपसमा जोडिएका बच्चालाई अपरेशन गरेर अलग गरेका छन् । यति साना बच्चामा गरिएको यो पहिलो सफल अपरेशन मानिएको छ। चिकित्सकहरुले तिम्ल्याहाका रुपमा जन्मिएका माया र लिडियाको जन्मजात जोडिएको लिभर र छाती अलग गरेका हुन् । साथै जन्मिएकी बहिनी कमिलियामा भने कुनै स्वास्थ्य समस्या नरहेको बताइएको छ।
बर्नस्थित एउटा अस्पतालमा गत वर्ष डिसेम्बरमा १३ जनाको मेडिकल टिमले पाँच घण्टा लामो अपरेशनमार्फत माया र लिडियालाई अलग गरेका हुन् ।
स्वीट्जरल्याण्डका संचार माध्यमका अनुसार बालिकाका केही महिना ठुलो भएपछि चिकित्सकहरु यो अपरेशन गर्न चाहन्थे, तर बिग्रदो स्वास्थ्य अवस्थाका कारण माया र लिडियाको ज्यान खतरामा रहेकाले चिकित्सकहरुले जोखिम मोल्दै चाँडै अपरेशन गर्ने निर्णय गरेका हुन् ।
चिकित्सकहरुले यो अपरेशन सफल हुने सम्भावना १ प्रतिशत मात्र रहेको बताइएको थियो । एजेन्सी