एकैपटक तीन हजार जनाको समूहिक विवाह

२०७२ फाल्गुन ९ गते, आईतवार

काठमाडौं । दक्षिण कोरियामा शनिबार करिब ३ हजार जनाले सामूहिक विवाह गरेका छन् । यो विवाह दक्षिण कोरियाको एउटा विवादित युनिफिकेशन चर्चमा भएको हो । यहाँ जुन जोडीको विवाह भयो, उनीहरुमध्ये केही जोडी केही दिनअघि भेटिएका थिए । भेटघाट भएको केी दिनमै चर्च प्रशासनले उनीहरुलाई विवाह बन्धनमा बाँधिदिएको हो । दक्षिण कोरियामा सामूहिक विवादको यो परम्परा सन् १९६० मा भएको थियो । यो समारोहको स्थापना एउटा धार्मिक र राजनीतिक नेता सन् म्योंह मुनले गरेका थिए । चर्चमाथि आफ्ना अनुयायीहरुको आस्था परिवर्तन गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ। तर चर्चले अस्वीकार गर्ने गरेको छ। यो संसारको सबैभन्दा विवादास्पद धार्मिक संस्थामध्ये मानिन्छ । मुनको नामबाटै उनका अनुयायीहरुलाई ‘मुनिज’ भन्ने गरिन्छ । तस्वीरमा विवाहअघि युवतीहरु सेल्फी लिँदै गरेका देखिन्छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]