सन्तान बन्धकी राखेर श्रीमानको अन्तिम संस्कार

काठमाडौं, ११ फागुन । भारतको झारखण्डको एउटा गाउँमा श्रीमानको अन्तिम संस्कार गर्नका लागि एउटी महिलाले आफ्ना दुई सन्तान बन्धकी राखेकी छन् ।
गरिबीका कारण महिला यसो गर्न बाध्य बनेकी हुन् । यी महिलाका चार सन्तान छन् । यो घटना राजधानी राँचीबाट करिब २१५ किलोमिटर टाढा जैंतगढको गोधुली गाउँमा भएको हो । स्थानीय निवासी रामुको मृत्यु भएको थियो । उनका श्रीमती सावित्री र चार बच्चा थिए । गरिबीका कारण मृतककी श्रीमतीसँग पैसा थिएन ।
घरमा श्रीमानको लास थियो । कसैले सहयोग पनि गरे । अन्ततः सावित्रीले मुटुमा ढंगा राखेर आफ्ना दुई छोरालाई छिमेकी एक व्यक्तिकोमा मात्र चार हजार रुपैयाँमा बाँधा अर्थात बन्धकी राखिन् । अहिले उनीसँग दुई सन्तान छन् ।
पैसा पाएपछि सावित्रीले आफ्नो श्रीमानको क्रियाकर्म गरिन् । बच्चा बन्धकी राखेको खबर गाउँदेखि सहरसम्म फैलियो । प्रहरीले पनि घटना थाहा पायो ।
यसका बावजुद अझै पनि सावित्रीका दुई सन्तान छिमेकीकै नियन्त्रणमा छन् । अहिले सम्म महिलालाई कसैले सहयोग गरेको छैन । – एजेन्सी