यस्तो पो बाबु !

२०७२ चैत्र ६ गते, शनिबार

काठमाडौँ । अमेरिकाको टेक्सासका थोमस हेनरीले आफ्नी छोरीको १५ औँ जन्मदिन (बर्थडे) को पार्टीमा ६० करोड रूपैयाँभन्दा बढी खर्च गरेका छन् । एक लिगल र्फमका मालिक समेत रहेका हेनरीले सान एन्टोनियोमा आफ्नी १५ वषीर्या छोरी माया हेनरीको बर्थडे पार्टीलाई भव्य बनाउने क्रममा ६० लाख डलर खर्च गरेका हुन् । टेक्सासमा १५ औँ बर्थडेमा हुने उत्सवलाई क्विनसिएनरा सेलिब्रेसन भनिन्छ । १५ वर्षमा टेकेपछि छोरीहरू पारिवारिक तथा सामाजिक जिम्मेवारी निभाउन लायक हुन्छन् भन्ने मान्यता छ । सोही विशेष बर्थडेमा थोमस र उनकी पत्नी एजटेकाले भव्य बर्थडे पार्टी आयोजना गरे । उक्त बर्थडे पार्टीमा व्यापर पिटबुल तथा निक जोन्सले प्रस्तुती दिए भने बर्थडे गर्ल मायाको सिँगारपटार गर्न चर्चित मेकअपम्यान आएका थिए जसले किम कार्दाशिनको समेत मेकअप गर्ने गर्छन् । अझ रोचक कुरा त के भने उक्त पार्टीको फोटो खिच्ने काम ओबामाका फोटोग्राफर मिचेलले गरेका थिए । माया आफ्नो बर्थडे पार्टीको रात निकै शानदार रात भएको र आपूmले कहिल्यै भुल्न नसक्ने बताउँछिन् । माया आफैँमा पनि एक सेलिब्रेटीभन्दा कम छैनन् र उनका इन्स्टाग्राममा १८ हजार फलोअर्स छन् । उनले ठूला ठूला सेलिब्रेटीसँग खिचाएका फोटा पनि सार्वजनिक गर्ने गर्छिन् जसमा गायक जस्टिन बाइबरदेखि हिलारी क्लिन्टनसम्म छन् । दुनियाकै ती भाग्यमानी किशोरीका बुवा थोमस ठूलै धनाढ्य हुन् । उनको लिगल र्फममा ६० भन्दा बढि वकिल काम गर्छन् । आपूले छोरीको बर्थडे पार्टीमा कुनै कसर बाँकी नराखेको उनी बताउँछन् । पार्टीमा ६ सय जना पाहुना आएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]