भगवान् हनुमानलाई अदालतमा उपस्थित हुन आदेश

२०७२ चैत्र ८ गते, सोमबार

काठमाडौँ । केही वर्षअघि एक अमेरिकी सिनेटरले भगवानमाथि मुद्दा दायर गरेका थिए । उनले ‘मृत्यु, ध्वंस र आतंकवाद’जस्ता ‘उनको गतिविधिहरू’का लागि अदालतबाट स्थायी निषेधाज्ञा जारी गर्न माग गरेका थिए । न्यायाधीशले भगवानको कुनै सही ठाउँठेगाना नहुने र कानुनी कागज पठाउन नसकिने भन्दै मुद्दा खारेज गरेका थिए । नेपाल भारतजस्ता मुलुकमा कयौ हिन्दू श्रद्धालु देवी–देवताहरूसँग नजिकको सम्बन्ध रहेको मान्दछन् । र, त्यसैलाई ध्यानमा राख्दै भारतीय न्यायिक व्यवस्थामा त्यसलाई कानुनी मान्यता दिइएको छ । त्यसैले कयौपटक यो विषयलाई अदालतसम्म ल्याइने गर्दछ । फेब्रुअरीमा बिहारको एउटा अदालतले अनुमानलाई ‘सरकारी जग्गा अतिक्रमण गरेको’ आरोपमा अदालतमा उपस्थित हुन आदेश जारी गरेको घटना सार्वजनिक भएको छ । अदालतले यो निर्णय त्यतिबेला लियो जतिबेला एक सरकारी विभागले मजिस्ट्रेटबाट अनुमान मन्दिरले ट्राफिक अवरोध गरेको उजुरी ग¥यो । अदालतको आदेश अदालतका कर्मचारीहरूले पनि हनुमानकै प्रतिमामा टाँसी दिए । पछि अधिकारीहरूले लाज मान्दै भने–यो लिपकीय भूल (क्लेरिकल एरर) थियो । यो आदेश न मन्दिर प्रबन्धनका लागि थियो न त भगवानकै लागि ।
त्यसपछि उनीहरूले अनुमानको प्रतिमामा टाँसिएको आदेश अटाए । एक वकिलले हालै हिन्दूहरूको भगवान रामलाई ‘आफ्नी श्रीमती सीताका साथ अन्याय’ गरेको भन्दै अदालतमा मुद्दा हाले । हिन्दूधर्म पालन गर्ने चन्दनकुमार सिंहका अनुसार करोडौ हिन्दूझै उनी पनि रामको पुजा गर्दछन् । तर, यो विषय पनि छुटाउनु हुन्न कि रामले सीताविरुद्ध नराम्रो व्यवहार गरे । न्यायाधीशले मुद्दा खारेज गर्दै यसलाई अव्यवहारिक भने । चन्दनका साथी वकिलहरूले उनीमाथि ‘सस्तो लोकप्रियता’ कमाउन खोजेको आरोप लगाए । उनकै एक साथीले त चन्दनमाथि मानहानीको मुद्दासमेत लगाए । तैपनि चन्दनकुमारले बीबीसीसँगको कुराकानीमा भने–सबै हिन्दूहरूले रामले सीताविरुद्ध अन्याय गरेको मान्नुपर्छ । डिसेम्बर २००७ मा सम्पत्तिसम्बन्धी एउटा विवाद सुल्झाउनका लागि अदालतले राम र हनुमानविरुद्ध आदेश दिएको थियो । भारतकै झारखण्डको एउटा अदालतको आदेश पत्रिकामा विज्ञापनका रूपमा प्रकाशन गर्दै भगवान स्वयमलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
खबरअनुसार योभन्दा पहिला दुईपटक भगवानलाई पठाइएको आदेश ‘अपर्याप्त’ ठेगानाका कारण फिर्ता आएको थियो । यो विवाद धनवादको १.४ हेकडको एउटा प्लटको जग्गाधनीका विषयमा थियो । जहाँ राम र अनुमानको दुईवटा मन्दिर थिए । स्थानीयका अनुसार उक्त जमिन भगवानकै हो । तर, पुजारीले जग्गा आफ्नो भएको दावी गरेका थिए । सन् २०१० मा भारतकै मुम्बईस्थित एक अदालतले भगवानले स्टक मार्केटमा पैसा लगानी गर्न नसक्ने आदेश जारी गरेको थियो । अदालतले एउटा धार्मिक ट्रस्टको याचिका खारेज गर्दै गणेशसहित पाँच भगवानको नाममा ट्रेडिङ एकान्ट खोल्न चाहन्थ्यो । भारतकै महाराष्ट्रको सांगलीका पूर्व राजपरिवारको स्वामित्व रहेको ट्रस्टका अनुसार भगवानको बैंक बचत खाता छ, आयकर कार्ड छ तैपनि न्यायाधीशले मानेनन् । न्यायाधीशका अनुसार शेयर र स्टक मार्केटमा विशेष प्रकारको योग्यता र विशेषता आवश्यक हुन्छ, देवताबाट त्यसको आशा गर्नु उपयुक्त होइन । न्यायाधीशले भने– देवीदेवता पुजाका लागि हुन् । उनीहरूलाई शेयर ट्रेडिङजस्ता व्यवसायिक गतिविधिमा संलग्न गराउन हुन्न । – बीबीसी

प्रतिक्रियाहरु

[anycomment]