एउटा कागतीको मूल्य ६२ हजार

२०७२ चैत्र १५ गते, सोमबार

काठमाडौँ । भारतमा कागतीको एउटा गेडा नै ६२ हजार रुपैयाँमा बिकेको छ । भारतको तमिलनाडुस्थित बेलमपुर जिल्लामा एउटा कागती ३९ हजार भारुमा लिलाम भएको हो । स्थानीय पंगुनी उथिराम नामको एक पर्वका अवसरमा भगवानको भालामा रोपिएको उक्त कागतीको गेडा यति महंगो तथा अपत्यारिलो मूल्यमा लिलाम भएको हो । हरेक वर्ष हुने उक्त ११ दिने उत्सवको अन्तिम दिन भगवान मुुरुगनको भालामा लटकाइएको फलफुलको लिलामी गरिन्छ । यस्तो फल जसले किन्दछ उसलाई सम्वृद्धि प्राप्त हुन्छ र सन्तान नभएकाहरुलाई सन्तान लाभ पनि प्राप्त हुन्छ भन्ने मान्यता छ । जयरामन तथा अमरावती दम्पत्तिले यो कागती खरीद गरेका छन् । यो कागतीसँगै अन्य आठवटा कागती पनि लिलाम भएका छन् । सबै ९ कागती मिलाएर ५७ हजार ७ सय ७२ भारु मूल्य परेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]