५५ फिट लामो कपाल !

काठमाडौ, १६ चैत । अमेरिकाको फ्लोरिडा निवासी ५० वर्षीया आशा मन्डेला आफ्नो कपालका कारण चर्चामा छिन् । उनको कपालको लम्बाई ५५ फिट लामो छ भने कपालको तौल मात्र २० किलो छ । उनको कपाल यति घना छ कि उनी त्यसलाई सधैं अलगअलग भागमा बाँधेर राख्ने गर्दछिन् । जसलाई ड्रेडलक्स भनिन्छ । आशाका श्रीमान इमैन्युल चेज जो हेयर स्टाइलिस्ट पनि हुन्, उनी पूरा समय श्रीमतीको कपालको ख्याल गर्दछन् । आशा तीन वर्षअघि मात्र इमैन्युलसँग अनलाइनमा भेटिएकी हुन् । उनले आशाको तस्वीर कुनै अनलाइनमा देखेका थिए । उनैले भेट्ने इच्छा व्यक्त गरेका थिए । भेट भएको एक वर्षपछि उनीहरुले विवाह गरे । अहिले इमैन्युलले नै आशाको कपालको हेरचाह गर्ने गरेका छन् । उनी भन्छन्–कपाल धुनेदेखि सुकाउने सबै प्रक्रिया दुई दिनमा पूरा हुने गर्दछ । आशा अहिले हेयर प्रोडक्ट्सको विजनेश चलाइरहेकी छन् । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि समावेश छ ।
चिकित्सकहरुका अनुसार कपालका कारण आशालाई कुनै पनि बेला समस्या आउन सक्छ । किनभने उनको कपालको पूरा भार उनको ढाडमा परिरहन्छ । तैपनि आशा अझै कपाल बढाइरहेकी छन् । यसबाट भविष्यमा स्थिति थप बिग्रन सक्ने आशंका गरिएको छ । यसका लागि इमैन्युल उनको ढाडसँग सम्बन्धित व्यायम भने गराइरहन्छन् । – एजेन्सी