एकैपटक पाँच छोरी जन्मिए

काठमाडौ, २१ चैत । भारतको छत्तीसगढको सरगुजा जिल्ला अस्पतालमा एक महिलाले एकै पटक पाँच वटा सन्तान जन्माएकी छन् । महिला र सबै बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको अस्पतालले जनाएको छ। महिला स्थानीय बिनकारा गाउँ निवासी हुन् । २३ वर्षीय महिला मनिका राजवाडेलाई अम्बिकापुरको सरकारी अस्पतालमा दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका सिभिल सर्जन डाक्टर एनके पान्डेयले भने–आजव बिहानै प्रशव भयो र महिलाले पाँच वटी छोरी जन्माइन् । यद्यपि बच्चाको जन्म निर्धारित समयभन्दा पहिला नै भएकाले तौल भने कम छ ।
डाक्टर पान्डेयका अनुसार सामान्यतः ९ महिनामा जन्मने औषतः बच्चाको सामान्य तौल २.५ किलोग्राम आसपास हुने गर्दछ । तर मनिताको प्रशव ७ महिनामै भएको छ । त्यसैले सबै बच्चाको तौल १ किलोग्रामदेखि १.५ किलोग्राम मात्र छ ।
अहिले पाँचै वटा बच्चालाई सघन चिकित्सा कक्षमा राखिएको छ । उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । महिलाका श्रीमान महेश राजवाडेका अनुसार उनकी श्रीमती मनिता पहिला पनि गर्भवती भएकी थिइन् । तर प्रशवभन्दा पहिला नै बच्चाको मृत्यु भएको थियो । महेश एक साथ पाँच वटी छोरी पाएर खुसी छन् । तर उनको मनमा चिन्ता पनि छ । अहिले उनलाई पाँच वटी छोरीको स्वास्थ्य र पालनपोषणको चिन्ताले सताएको छ। – एजेन्सी