गाई र साढेको विवाह, तीन सय जन्ती

काठमाडौं, २१ चैत । भारतको गुजरातमा एउटा गाई र साढेको विवाह धुमधामसँग गराइएको छ । यी दुई जनावरलाई जीवनभरका लागि बन्धनमा बाँधियो सुन्दा अलि विचित्र लागे पनि घटना भने सत्य हो । गाई र साढेको यो शानदार विवाहमा वर पक्षका तर्फबाट जन्ती पनि टन्नै थिए । विवाह पुरै हिन्दू रितिरिवाजअनुसार गरियो । जसमा ३ सय बढी पहुना विवाह समारोहमा सरिक भएका थिए । विवाहमा सबै मन्त्र पनि पढियो।
यो विवाहमा १ लाख ८० हजार भारतीय रुपैयाँ खर्च भएको थियो । यो विवाहले सबै कुराले समाजलाई जगाउन सफल भयो, जसका लागि जनावर मात्र जनावर हुन्छ । उनीहरुको कोही हुँदैन । गुजरातको भावनगरमा भएको यो विवाहमा सबै औपचारिकता पूरा गरियो ।
यो विशेष विवाहको आयोजना छाडा पशुप्रति मानिसमा जागरुकता ल्याउन गरिएको हो । कार्यक्रमका क्रममा भएको खर्च एउटा संस्थाले बेहोरेको थियो ।
यो पनि बताइहालम कि विवाह गर्ने बेहुली गाईको नाम पूनम हो । उनको रेखदेख गर्ने विजय भाइका अनुसार उनी गाईहरुका साथमा विगत ३० सालदेखि छन् । त्यसैले गाईको विवाह गराउने कार्यक्रम उनलाई कुनै अनौठो लागेन ।- एजेन्सी