संसार कै सबैभन्दा लामो खुट्टा भएको महिला

२०७२ चैत्र २३ गते, मंगलवार

काठमाडौं, २३ चैत । अमेरिकाको फ्लोरिडा राज्य निवासी २० वर्षीया हाली बर्ट संसारको सबैभन्दा लामो खुट्टा भएको महिला हुन् । हालीको खुट्टाको लम्बाई ६ फिट ५ इन्च छ । उनी आफ्नो लामो खुट्टाका कारण सधै चर्चामा रहने गरेकी छन् । उनी दुई वर्षअघि मात्र न्युयोर्क शिफ्ट भएकी हुन् । हालीका अनुसार न्युयोर्कमा पुरुषहरुले उनको यो लम्बाई खुबै मन पराउने गरेका छन्।
हाली भन्छिन्–बाल्यकालमा मलाई मानिसहरु जिराफ, रुख, ट्रेन र थाहा छैन के के भनेर बोलाउथे । उनलाई विद्यालयमा पनि सधैं जिस्काउने गरिन्थ्यो । लामो खुट्टा र अग्लो कदका कारण उनीबाट सबै टाढा भाग्थे । त्यसैले उनको मित्रहरुको संख्या पनि निकै कम थियो । हाली आफ्नो घरमा सबैभन्दा कान्छी तर सबैभन्दा अग्ली हुन् । स्कुल समयमा उनी बास्केटबल जस्ता खेलमा भाग लिएर निकै मस्ती गर्दथिइन् । उनी साह्रै राम्री पनि छिन् । त्यसैले उनी मोडलिङ पनि गर्न चाहन्छिन् । त्यसैले उनी राम्रो मोडलिङ अफरको प्रतिक्षामा छिन् । हालीका अनुसार जब उनी कतै घुम्न जान्छिन् तब आसपासका मानिसहरु उनीसँग तस्वीर लिन मरिहत्ते गर्दछन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]