पति पत्नी चिन्न समस्या भएपछि…

२०७३ बैशाख ४ गते, शनिबार

काठमाडौं, ४ वैशाख । चीनको साङ्सी प्रान्ताका यी दुई भाइ र उनका पत्नीमा यति धेरै समानता छ कि उनीहरु पनि अल्मलिन पुग्छन् । यी दुई भाइका पत्नी पनि दिदीबहिनी नै हुन् । आफ्ना पति पत्नीलाई चिन्न समस्या भएपछि यी दुई दम्पत्तीले प्लास्टिक सर्जरी गराउने भएका । घरमा मात्रै होइन उनीहरु बाहिर निस्कदाँ पनि अलमलमा परिरहन्छन् । यी दुबै भाइ र दिदीबहिनीलाई आफ्ना पति(पत्नी कुन् हुन् भनेर चिन्न निकै कठिन पर्ने गरेको छ । चीनको साङ्सी प्रान्ताका यी दुई जोडीले प्लास्टिक सर्जरी गर्ने फैसला गरेका हुन् । दुई भाइ जाओ सिन र जाओ सुआन तथा उनीहरुका पत्नी युन फेई र युन याङ्गले प्लास्टिक सर्जरीका लागि संघाईस्थित होन्ग कोन्ग अस्पतालका चिकित्सकसँग सम्पर्क गरेका छन् । चीनको सरकारी सञ्चारमाध्यममा छापिएको समाचार अनुसार उनीहरुका लागि यो सर्जरी अनिवार्य भएको छ । उनीहरु हेर्दा दुरुस्तै मात्र देखिन्‍न् आवाज पनि ठ्याक्कै मिल्नेछ । उनीहरुले अनुहारबाट देखाउने भावमा पनि कसैले फरक छुट्याउन सक्दैनन् । यी जोडीको बिहे पनि एकै दिन भएको हो । यिनीहरुले बिहेका क्रममा नझुक्किनका लागि विषेश उपाय अपनाएका थिए । समाचार अनुसार यी जोडीको पहिचान फरक बनाउन चिकित्सकहरु पनि सर्जरी गर्नका लागि तयार भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]