शौचालय नहुदा….

२०७३ बैशाख ७ गते, मंगलवार

काठमाडौ, ७ बैशाख । भारतको उत्तर प्रदेशको कानुपरमा एक किशोरीले आफ्नो हुनेवाला श्रीमानको घरमा शौचालय नभएको थाहा पाएपछि विवाह हुनु एक दुई दिनअघि विवाह गर्न अस्वीकार गरेकी छन्।
विवाहका लागि सबै तयारी पूरा भइसकेको थियो । परिवारजन पाहुनाको स्वागतको तयारीमा थिए । यसैक्रममा किशोरीले आफ्नो हुनेवाला श्रीमानको घरमा शौचालय नभएको थाहा पाइन् । यो थाहा पाएपछि उनले तत्काल विवाह अस्वीकार गरेकी हुन्।
घटना कानपुरको बर्रा थाना क्षेत्रको हो । नेहा श्रीवास्तावको विवाह गुजैनी क्षेत्रका एक युवकसँग तय भएको थियो । विवाह तय हुने बेलामै युवकले आफ्नो घरमा शौचालय बनाउने बचन दिएका थिए । बेहुलाका परिवारजनले विवाहअघि नै शौचालय बनाइसक्ने बताएका थिए । तैपनि विवाहको दिन नजिकै आइसक्दासमेत शौचालय निर्माण नभएपछि किशोरीले विवाह गर्न अस्वीकार गरेकी हुन्।
एउटा सामाजिक संस्थाले किशोरीको विवाह एउटा यस्तो घरमा तय गरिदिएको छ जहाँ शौचालय छ । युवतीका परिवारजनले बताएअनुसार विवाअ अस्वीकार गरेपछि युवक पक्षधरले बर्रा प्रहरी चौकीमा उजुरी दिएका थिए । इदपि प्रहरीले यस्तो घटना दर्ता नभएको दावी गरेको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]