फेसबुकको टिप्पणीले सांसद पद चट्

२०७३ बैशाख १६ गते, बिहीबार

काठमाडौ, १६ बैशाख । बेलायतको लबर पार्टीले इजरायलका बारेमा विवादित टिप्पणी गर्ने आफ्नो पार्टीकी एक जना सांसद नाज शाहलाई निलम्बित गरेको छ।
ब्रेडफोर्ड वेस्टबाट सांसद बनेकी नाजले आफ्नो फेसबुक पोस्टका कारण कडा आलोचना सहनु परेको थियो । एउटा फेसबुक पोस्टमा उनले इजरायललाई अमेरिका लैजान भनेकी थिइन् । यो टिप्पणी उनले सांसद चुनिनु अघि नै पोष्ट गरेकी हुन् । तर अहिले आएर उनले यो विषयमा संसदमा माफीसमेत मागेकी छन्।
यसअघि लेबर पार्टीका नेता जेरेमी कोर्बिनले उनको पोष्टलाई ‘आक्रामक र अस्वीकार्य’ बताएका थिए भने प्रधानमन्त्री डेभिड क्यामरुनले उनलाई निलम्बन गर्न माग गरेका थिए ।
लेबर पार्टीले जेरेमी र कोर्बिन र नाज शाहबीचको पारस्परिक सहमतिपछि पार्टी महासचिवले उनलाई निलम्बित गरेका हुन् । ‘जबसम्म छानविन चल्नेछ, त्यतिबेलासम्म शाहले पार्टीको कुनै पनि गतिविधिमा भाग लिन पाउँने छैनन् ।’
बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा माफी माग्दै शाहले भनिन्–यहुदी विरोधी भावना नश्लवाद हो, पूर्णविराम । एक जना सांसदका रुपमा म पूरै शक्तिका साथ मुसलमान, यहुदी र विभिन्न धर्मका अनुयायीहरुबीच सम्बन्ध कायम गर्नका लागि सबै कुरा गर्नेछु । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]