मयुरको पिरतीले गाउँबासीको निदहराम

२०७३ बैशाख १६ गते, बिहीबार

काठमाडौ, १६ बैशाख । इंग्ल्याण्डमा मयुर र मयुरनीबीचको सेक्समा क्रममा हुने हल्लाखल्लाले एउटा स्थानीय गाउँबासीको निद्रा हराम भएको छ।
गाउँबासीका अनुसार ती मयुर र मयुरनीबीच हुने सेक्सले गाउँबासीलाई बाँच्न गाह्रो बनाएको छ। गाउँबासीका अनुसार यो पंक्षीहरुले गाउँलेको कारमा समेत आक्रमण गर्न सक्छ । साथै मयुरले आफ्नो पञ्जा र चुच्चोबाट उनीहरुको गाडीमा क्षति पुराउने गरेको छ। इंग्ल्याण्डको उशाँ मूर गाउँबासीका अनुसार गत ६ वर्षदेखि उनीहरु यो समस्या झेलिरहेका छन् । अब उनीहरुको सहनशक्तिसमेत हराइसकेको छ । उनीहरुले यो समस्याका बारेमा डरहम काउन्टी काउन्सिलमा उजुरीसमेत दर्ता गराइसकेका छन् । काउन्सिलले यो घटनाको जाँच पर्यावरण कानुन १९९० अन्तर्गत गरिरहेको छ ।
काउन्सिलले यी पंक्षीहरुले मच्चाउने हल्लाको जाँच मानक ध्वनी मापदण्डको आधारमा गरिरहेको जनाएको छ। स्थानीयबासी ग्राहम ब्रिजका अनुसार यो पंक्षी दिनभर कराइरहन्छन्, रातमा पनि उनीहरु घरको छतमा आएर तनाव दिन्छन् । यी पंक्षीहरुको संख्या र उनीहरु आउने विषयमा केही मतभेदसमेत छ। केही गाउँबासीका अनुसार पंक्षीको संख्या ३० छ भने केहीका अनुसार यसको संख्या १३ हुन सक्छ । गाउँबासीको यो विषयमा एक राय छैन । यी मयुर मयुरनी कहाँबाट आए ? स्वयमसेवी संस्था ‘द रोयल सोसाइटी फर द प्रोटेक्शन बर्डस (आरएसपीबी) का क्रिस कौलैटे भन्छन्–जहाँसम्म कानुनको प्रश्न छ, यी पंक्षीहरुका विषयमा कुनै स्पष्ट वा एकमत छैन । मयुरलाई जंगली पंक्षीको वर्गमा राखिएको छैन । यसलाई पाल्तु पंक्षी मानिएको छ, तर यी यस्ता पाल्तु पंक्षी हुन्, जसको कुनै मालिक हुँदैन, यिनीहरुलाई कानुनतः जंगली पंक्षीले प्राप्त गर्ने सुरक्षा पनि प्राप्त छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]