टाउको जोडिएका बालिकाको शल्यक्रियामा समस्या

काठमाडौं , २५ वैशाख । इण्डोनेसियामा टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया हुने भएको छ । तानजुङ्ग पेनिङ्ग क्षेत्रिय अस्पतालमा चार महिनाअघि जन्मिएका मष्तिस्क एउटै भएका बालिकाको शल्यक्रियाका लागि अभिभावकले आग्रह गरेपनि चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने जवाफ दिँदै आएका थिए । बालिकाका आमाबाबुले पटक पटक शल्यक्रिया गर्न आग्रह गर्दा उनीहरुको तौल बढाएर मात्र अपरेसन गर्नुपर्ने बताउँदै आएका थिए । जनवरी २१ मा जन्मिएका दुई दिदी बहिनी नधिरा हलिफा पुत्री र आइसाह पुत्रीको मस्तिष्क एउटै छ । जन्मिएलगत्तैदेखि अप्रसेन गरी उनीहरुलाई छुट्याउन खोजेपनि चिकित्सकले मानेका थिएनन । तर अब छिट्टै उनीहरुको शल्यक्रिया गरेर छुट्याउन अस्पतालले उपचार सुरु गरेको डेली मेलले जनाएको छ । जुम्ल्याहासहित तीन दिदी बहिनी रहेको परिवारमा एक बहिनी भने केही नभएको बालिकाका अभिभावकले जनाएका छन् । ‘जटिल अप्रेसन गरी आफ्ना छोरीहरु सामान्य जीवन फर्केको हेर्नका लागी पर्खिरहेका छौं ।’ बालिकाका अभिभावकले भने । दुवै बालिकाको मस्तिष्क जोडिएपनि विशेषता भने फरक रहेको अस्पतालले जनाएको छ । युनाइटेड सेण्टर फर मेडिकलले प्रत्येक २ लाख बच्चाहरुमा एक दुई जनामा यस्तो समस्या आउन सक्ने बताएको छ । यस्तो समस्याको सल्यक्रिया निकै दुर्लभ हुने पनि अस्पतालले जनाएको छ । नेपालमा केही वर्षअघि जन्मिएका यस्तै प्रकृतिका दुइ बालिका गंगा र जमुनाको हङ्कङमा सफल सल्यक्रिया गरीएको थियो । हाल उनीहरु सामान्य जीवन बिताइरहेका छन् । -एजेन्सी