चिहानबाट मुर्दाले गीत गुनगुनाएपछि

काठमाडौं, २६ बैशाख । भारतको उत्तरप्रदेश राज्यको मेरठमा चिहानमा गाडिसकेको मुर्दाले गीत गुनगुनाएको खबर छ । यो घटनाले सबैलाई आश्चर्यमा पारेको छ । घटना गाउँ हुँदै जिल्ला प्रशासनसम्म पुगिसकेको छ । त्यसैले अहिले सबैतिर यही घटनाको चर्चा छ ।
कहिल्यै मुर्दाले गीत गाएको सुन्नु भएको छ? कहिल्यै मुर्दाले तपाईलाई बोलाएको छ ? कहिल्यै देख्नु भएको छ जिउँदो हुँदै गरेको कुनै मुर्दा ? यदि छैन भने को गाडिएको छ त चिहानमा ? जो मृत्युपछि पनि गीत गुनगुनाइरहेको छ । चिहानभित्रबाट आवाज निकालिरहेको छ कि म जिउँदै छु ।
यो कसैको कल्पना होइन, यो बास्तविक घटना हो –मेरठको एउटा गाउँको । जहाँ एक पिताले जिल्ला प्रशासनसँग आफ्नो छोराको चिहान खन्न गुहार लगाएका छन् । किनभने उनले हरेक दिन चिहानबाट आवाज सुनिरहेका छन्, यो घटना मेरठको जलालपुरको हो ।
जलालपुर गाउँमा यतिबेला सबैको अनुहारबाट रौनक उडेको छ। उनीहरुको आँखामा मात्र त्रास झल्कन्छ । कुनै पनि बेला कुनै अप्रिय घटनाको त्रास छ । किनभने उनीहरुको गाउँमा हरेक साँझ बिहान मुर्दाले आवाज दिने गरेको छ। स्थानीयहरु मुर्दाले गुनगुनाउने गरेको पनि बताए ।meerut_kabra_
चिहान इरफानको हो । जसको दुई महिनाअघि मात्र मृत्यु भएको थियो । तर, इरफानका परिवारजनका अनुसार केही दिनदेखि चिहानबाट इरफानको आवाज सुन्ने गरिएको छ । उसले आफै जिउँदै रहेकाले बाहिर निकाल्न पुकार गर्ने गरेको छ ।
इरफानका सानो भाइ दीन मुहम्मदका अनुसार मृत्युपछि केही समयसम्म त सबै कुरा ठिकै थियो, तर एक दिन बिहानै चिहान नजिकैबाट हिड्ने क्रममा चिहानबाट गीत गुनगुनाएको आवाज आयो, पहिला त उनले विश्वासै गरेनन् तर जब उनी चिहान नजिकै गए तब उनको होस उड्यो ।
इरफान राम्रा र स्वस्थ युवक थिए । आफ्नो घरका साथसाथै गाउँमा पनि उनको स्वभाव राम्रो थियो । तर अचानक रगत छादेर उनको मृत्यु भयो । २५ फेब्रुअरीका दिन इरफानको मृत्यु भएको हो । इरफानको अचानक भएको मृत्युले गाउँ नै स्तब्ध भयो । उनीहरुका अनुसार इरफानको मृत्यु सामान्य थिएन, केही त छ जुन रहस्यमय बन्दै गएको छ ।
दुई जग जिमिनमा गाडिएका ३२ वर्षीय इरफानलाई गीत गाउने शौख थियो । उनी सबैका प्रिय थिए । एकदिन अचानक स्वास्थ्य खराब हुन थाल्यो, परिवारजनले उनलाई कयौ चिकित्सककहाँ लगे । तर, उनको स्वास्थ्यमा सुधार आएन ।
त्यसपछि उनी रगत छाद्न लागे । बचाउने सबै कोशिस सफल भएन । इरफानले यो संसार त्यागे । गाउँलेहरु इरफानको मृत्यु स्वभाविक ठानिरहेका छैनन् । तर, बृद्ध पिता सबीरुद्दिनले कलेजोमा ढुंगा राख्दै आफ्नो छोरालाई दुई गज जमिनमा गाडे ।
गाउँबासीलाई इरफानको मृत्यु कुनै दुर्घटनाभन्दा कम थिएन । उनीहरुलाई कुनै अप्रिय घटनाको पनि डर थियो । उनीरुको डर त्यतिबेला झनै बढ्यो जतिबेला चिहानमा गीत गुनगुनाएको थाहा भयो ।
पिता सबीरुद्दिनका लागि जवान छोराको मृत्युको पीडा कुनै पहाडभन्दा कम थिएन, अब चिहानबाट सुनिने उनको आवाजले उनलाई झनै तोडेको छ । अब इरफानको परिवार प्रशासनको सहयोगमा चिहान खनेर छोराको वास्ताविकता थाहा पाउन चाहन्छ । – एजेन्सी