विश्वका सबै मानिस रोए पनि आँसुले सानो नदी पनि बन्दैन

२०७३ बैशाख २७ गते, सोमबार

काठमाडौं, २७ बैशाख । इंग्ल्याण्डको लिसेस्टर युनभिर्सिटीका विद्यार्थीहरुले एउटा अनौठो शोध गरेका छन् । उनीहरुको शोधले विश्वभरका मानिस यदि एकैपटक रोए पनि उनीहरुको आँखाबाट निस्कने आँसुले एउटा सानो नदी पनि नभरिने निष्कर्ष निकालेको छ। यो शोधका लागि विद्यार्थीहरुले अमेरिकाको मोन्टानास्थित रो नदीमा अध्ययन गरेका थिए । यो संसारको सबैभनदा सानो नदीका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख छ । यो दैनिक प्रवाहका लागि परिचित छ ।
हाम्रो आँशु केही साना स्वीमिङ पुल भने भर्न सकिनेछ । विद्यार्थीहरुद्वारा एउटा गणनाको माध्यमबाट आँशुको एउटा सामान्य थोपाको घनत्व पाँ माइक्रोलिटर हुने र एउटा ओलम्पिक आकारको ठुलो स्वीमिङ पुलमा २५ लाख लिटर पानी हुने निष्कर्ष निकालेका छन् । यस आधारमा पृथ्वीमा भएका सबै मानिसको आँसुको ५५ थोपा जम्मा गर्ने हो भने यसबाट एउटा सानो स्वीमिङ पुल मात्र भर्न सकिन्छ । एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार