साबधान , युवती जिस्क्याउँदै हुनुहुन्छ …

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौ, २९ बैशाख । भारतमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढ्दै गएको परिस्थितिमा लुधियानाकी एक युवतीले भने साहसिक प्रतिकारमात्र गरिनन्, अन्य युवतीका लागि उदाहरणसमेत प्रस्तुत गरेकी छन् । आफूलाई जिस्क्याइरहेको एक युवकलाई उनले पहिला त आफ्नो चप्पलले पिटिन् । मानिसहरु भेला हुन थाले, भीडले पनि ती युवकलाई पिट्न थाल्यो । मानिसहरुले ती युवकको चारपाटा मुडिदिए । बीच सडकमै पीडित युवतीले ती युवकको पाइन्ट खोलिदिइन् । नाङ्गो बनाएर ती युवकलाई पिटियो । यतिले पनि रिस नमरेपछि ती युवतीले उक्त युवकको हातमा चुरा लगाइदिइन् । सो दृष्यलाई कयौंले आफ्नो मोबाइल र क्यामेरामा कैद गरे । अनि सबै आ–आफ्नो गन्तव्यतर्फ लागे । ती युवती र उनीसँगै जम्मा भएको भीडले कानुन हातमा लिएको भए पनि प्रहरी समक्ष सो घटनाबारे कुनै उजुरी नपरेका कारण कसैविरुद्ध कारवाही अघि नबढाइएको भारतीय संचारमाध्यमले प्रहरी अधिकारीलाई उद्धृत गर्दै जनाएका छन् ।
भारतीय संचारमाध्यमले ती युवक र पीडित युवतीको परिचय भने खुलाएका छैनन् । यद्यपि घटनाको दृष्य कैद गरिएको भिडियो र तस्वीरहरु भने व्यापक प्रचार भइरहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]