तलववापत कुखुराको चल्ला !

काठमाडौं,३१ वैशाख । अमेरिकी सहयोगबाट संचालित रेडियो ओजोडलिकका अनुसार उज्वेकिस्तानको एउटा विद्यालयको शिक्षकलाई नगदको सट्टा तलवमा कुखुराको चल्ला दिइएको छ। कैरेकलपाकस्तान रिपब्लिकमा अधिकारीहरुले बैंकमा रकम अभावका कारण अण्डाबाट निस्कँदै गरेका चल्ला बाँडिरहेका छन् । एक जना शिक्षकले यो निर्णयलाई ‘लज्जाजनक’ बताए । उनले भने–विगत वर्षमा उनीहरुलाई हामीलाई आलु, गाजर र फर्सी दिएका थिए, यो वर्ष उनीहरुले हामीलाई तलववापत चल्ला लिन दबाव दिइरहेका छन् । यदि हामीलाई कुखुरा आवश्यक भए हामी बजारबाटै निकै कम मूल्यमा किन्न सक्छौ ।
एक स्रोतटका अनुसार पारिश्रमिकका लागि एउटा चल्लालाई सात हजार सोम (उज्वेकिस्तानको मुद्रा) अर्थात अढाई डलर बराबर मान्ने गरिएको छ, जुन बजारमूल्यभन्दा दुई गुना बढी हो ।
उज्वेकिस्तानमा संचारमाध्यममा सरकारको नियन्त्रण रहने गर्दछ । जुन नागरिक विदेशी मिडियासँग कुरा गर्छन् उनीहरु आफ्नो पहिचान लुकाएर मात्र कुरा गर्ने गर्दछन् । उज्वेकिस्तान कयौ वर्षदेखि रकम अभावको सामना गरिरहेको छ । जसका कारण पारिश्रमिक र पेन्सन वितरणमा ढिलाई हुने गरेको छ।
रेडियो ओजोडपिलकको कथामाथि जुन उजबेकहरुले टिप्पणी गरेका छन् त्यसमध्ये एउटामा भनिएको छ–यो लज्जास्पद हो र भ्रष्ट नोकरशाहीको संकेत हो ।
यद्यपि एक अन्य टिप्पणीकर्ताले ठट्टा गर्दै भनेका छन्–यसमा के गलत छ ? तपाई खाजामा चिकेन सुप खानु हुन्छ, लन्चका लागि चिकेन र डिनरका लागि पनि चिकेन, यसमा कम्तीमा कयौ भिटामिन्स त हुन्छ । – एजेन्सी