उटको बिबाह !

काठमाडौं, १ जेठ । भारतको मध्यप्रदेशस्थित शिवपुरी जिल्लाको रिनहाई गाउँमा उटको बिबाह गरिएको छ । कल्लो नामकी ऊटनीलाई उनका मालिक नरेश रघुवंशीले आफ्नो छोरी जसरी पालेका थिए । चार वर्षकी कल्लोको विवाह अर्को गाउँका लक्ष्मण सिंहको ऊट गोपालसँग भएको हो । यो विवाहमा टाढाटाढा गाउँबाट ठुलो संख्यामा स्थानीय जुटेका थिए । पाहुनाहरुका लागि विवाहमा खानेपिउने व्यवस्था गरिएको थियो । तब ऊटनी कल्लोलाई उपचारका रुपमा पैसा पनि दिइएको थियो ।
कल्लोका मालिक रघुवंशीले विवाहका लागि एक हजार बढी कार्ड छापेर विवाहमा निम्ता बाँडेका थिए । विवाहको विधि पिपलको रुखको फेरा लिएर पूरा गरिएको थियो ।
नरेश रघुवंशीले भने–कल्लोको उमेर चार वर्षको भयो । जब मैले उसलाई लिएर आएको थिएँ, त्यतिबेलौ जब कल्लो बढी हुनेछिन् तब उसको विवाह धुमधामसँग गर्ने सोचेको थिएँ । – एजेन्सी