हाई हिल्स नलगाउँदा जागिर चट्

काठमाडौँँ । बेलायतको पीडब्लुसी फाइनान्स कम्पनीमा रिसेप्शनिस्टमा कार्यरत निकोला थार्पको हाइ हिल्स जुत्ता नलगाएकै कारण जागिर खोसिएको छ । २७ वर्षीया निकोला सो फाइनान्स कम्पनीमा काम गर्न लण्डन आएकी थिइन् । हाइ हिल्स जुत्ता नलगाएकै कारण जागिर खोसिएपछि निकोलाले ब्रिटिश पार्लियामेन्ट पिटिशन समेत दायर गराएकी छन् । जसमा ७ सय बढीले हस्ताक्षरसमेत गरेका छन् ।कम्पनीले भने यस विषयमा आउटसोर्सिङ फर्मसँग कुरा भइरहेको जनाएको छ। निकोलालाई २ देखि ४ इन्चसम्मको हाइहिल्स लगाउन भनिएको थियो, जुन उनले इन्कार गरिन् । त्यसपछि कम्पनीले उनलाई बिना पारिश्रमिक घर फिर्ता पठाएको थियो ।
निकोलाले भनिन्–मैले हाइ हिल्स लगाएर दिनभर काम गर्न अस्वीकार गरेकी थिएँ, मैले स्मार्ट फ्शैल शुज लगाउन मिल्ने नमिल्ने विषयमा सोधेकी पनि थिएँ । त्यसको जवाफ पनि दिइएन । उनले नौ घण्टासम्म हाइ हिल्स लगाएर काम गर्न कठिन रहेकाले आफूले अस्वीकार गरेको बताएकी छन् ।
निकोला यसअघि यो विषयमा बोल्न डराइरहेकी थिइन् । पछि उनलाई लाग्यो कि यो ठुलो मुद्दा हो त्यसैले उनले आवाज उठाइन् । उनले नयाँ कानुनका लागि संसदमा पिटिशन दायर गरेकी छन् । ताकि महिलाहरुमाथि कार्यस्थलमा हाइ हिल्स लगाउन दबाव दिन बन्द होस् ।
यो पिटिशनको सपोर्टमा ७ सय बढीले हस्ताक्षर गरिसकेका छन् । कुनै विषयमा नेशनल डिबेटका लागि पिटिशनमा दश हजार जनाको हस्ताक्षर आवश्यक पर्दछ ।
एक अध्ययन अनुसार हाई हिल्सलाई मसल्स फंक्शनिङ र ब्लड फ्लोका हिसावले पनि सही मानिएको छैन । युनिभर्सिटी अफ अलबामाको अध्ययनअनुसार २००२ देखि २०१२ को बिचमा अमेरिकामा १ लाख २३ हजार ३५५ इन्जरी भएको थियो ।
कानुन अनुसार कम्पनीको ड्रेस कोड फलो नगरेको खण्डमा कर्मचारी हटाउन पाउने कानुनी व्यवस्था छ । यद्यपि कम्पनीले यो व्यवस्था फलो गराउन पर्याप्त समय दिनुपर्नेछ । कम्पनीहरुले महिला र पुरुषका लागि अलग अलग ड्रेस कोड बनाउन सक्छन् । – एजेन्सी